July 10, 2026

सल्यान। मानवताको भावनालाई आत्मसात गर्दै पत्रकार पुष्प कमल गिरीको पहलमा एकै घरका ४ जना दृष्टिविहीन छोरा–छोरी रहेको आर्थिक रूपमा विपन्न परिवारलाई सानो सहयोग हस्तान्तरण गरिएको छ।
वर्षौंदेखि कठिन परिस्थितिमा जीवन बिताइरहेको उक्त परिवारमा चारै जना सन्तान दृष्टिविहीन छन्। सीमित आर्थिक स्रोतका कारण दैनिक जीवन सञ्चालन गर्नसमेत परिवारलाई निकै कठिनाइ भइरहेको अवस्थामा पत्रकार गिरीले सहयोग जुटाउने पहल गरेका हुन्।
सहयोग रकम ठूलो नभए पनि दुःखमा परेका परिवारप्रति समाजको साथ र सद्भावको सन्देश दिने उद्देश्यले यो सहयोग गरिएको पत्रकार गिरीले बताए। उनले यस्ता परिवारलाई राज्य, स्थानीय तह, संघसंस्था तथा सहयोगी मन भएका व्यक्तिहरूले पनि आवश्यक साथ दिनुपर्ने आवश्यकता औंल्याए।
स्थानीयवासीले पनि पत्रकार पुष्प कमल गिरीको सामाजिक उत्तरदायित्वप्रतिको सक्रियताको प्रशंसा गर्दै यस्ता मानवीय अभियान निरन्तर अघि बढ्नुपर्ने बताएका छन्।
पीडामा रहेका परिवारलाई गरिएको सानो सहयोगले उनीहरूमा आशा र हौसला थपिएको विश्वास गरिएको छ। सहयोग गर्न इच्छुक व्यक्ति तथा संघसंस्थालाई पनि यस्ता वास्तविक आवश्यकता भएका परिवारसम्म हातेमालो गर्न अपिल गरिएको छ।

About The Author

Leave a Reply

Your email address will not be published. Required fields are marked *