September 8, 2026

दाङको तुलसीपुर उपमहानगरपालिका–८, कृष्ण मन्दिर स्थित नजिकै मोटरसाइकलको ठक्करबाट एक साइकल यात्री घाइते भएका छन्।बुधबार साँझ ६:२० बजे तुलसीपुरबाट साइकलमा घरतर्फ जाँदै गरेका दंगीशरण गाउँपालिका-५ डाडाचिस निवासी ५२ वर्षीय पदमबहादुर चौधरीलाई सल्यानको कपुरकोट गाउँपालिका–५ निवासी २७ वर्षीय दोर्णबहादुर बि.कले चलाएको लु प्र ०२-००१ प ४०२५ नम्बरको मोटरसाइकलले ठक्कर दिएको हो।दुर्घटनामा चौधरीको टाउको, अनुहार तथा मुखमा चोट लागेको प्रहरीले जनाएको छ। घाइते चौधरीलाई उपचारका लागि राप्ती प्रादेशिक अस्पताल तुलसीपुरमा ल्याइएको छ। उनको अवस्था मध्यम रहेको बताइएको छ।दुर्घटनाबारे थप अनुसन्धान भइरहेको जनाइएको छ।

About The Author

Leave a Reply

Your email address will not be published. Required fields are marked *