दिव्यकुञ्ज एकाडेमीमा लागूऔषध र साइबर अपराधविरुद्ध सचेतना कार्यक्रम
सम्पन्नतुलसीपुरमा २७औँ अन्तर्राष्ट्रिय युवा दिवसको अवसरमा लागूऔषध दुर्व्यसन तथा साइबर अपराधसम्बन्धी सचेतना कार्यक्रम सम्पन्न भएको छ।तुलसीपुर उपमहानगरपालिका नगर युवा परिषद् र नगरस्तरीय युवा सञ्जालको संयुक्त आयोजनामा तथा इलाका प्रहरी कार्यालय तुलसीपुर र दिव्यकुञ्ज एकाडेमीको सहकार्यमा सप्ताहव्यापी कार्यक्रमअन्तर्गत सचेतना कार्यक्रम आयोजना गरिएको हो।नगर युवा परिषद्का उपाध्यक्ष प्रकाश रावतको अध्यक्षतामा सम्पन्न कार्यक्रममा तुलसीपुर उपमहानगरपालिका–६ का वडा अध्यक्ष दुजमान भण्डारी ‘वर्षात’ प्रमुख अतिथि रहेका थिए। विद्यालय व्यवस्थापन समितिका अध्यक्ष मोहन बस्नेत विशिष्ट अतिथि तथा दिव्यकुञ्ज एकाडेमीका प्रधानाध्यापक कुलानन्द अधिकारी अतिथिका रूपमा सहभागी थिए।कार्यक्रममा इलाका प्रहरी कार्यालय तुलसीपुरका प्रहरी निरीक्षक असिम हमालले प्रमुख प्रशिक्षकका रूपमा लागूऔषध दुर्व्यसन तथा साइबर अपराधका जोखिम, असर र त्यसबाट बच्ने उपायबारे प्रशिक्षण दिएका थिए।कार्यक्रमको सहजीकरण नगरस्तरीय युवा सञ्जालका अध्यक्ष ओदबहादुर भण्डारी ‘गणेश’ले गरेका थिए।युवामाझ लागूऔषध दुर्व्यसन तथा साइबर अपराधसम्बन्धी जोखिम बढ्दै गएको अवस्थामा सचेतना अभिवृद्धि गर्ने उद्देश्यले कार्यक्रम आयोजना गरिएको आयोजकले जनाएको छ। कार्यक्रममा सहभागी युवालाई लागूऔषधबाट टाढा रहन तथा सामाजिक सञ्जालको सुरक्षित र जिम्मेवार प्रयोग गर्न आग्रह गरिएको थियो।
