September 8, 2026


दाङ, तुलसीपुर ।

तुलसीपुर उपमहानगरपालिका-१२ कचिला, जस्पुरमा गुरुकुल विद्यालयको इलेक्ट्रिक भ्यानको ठक्करबाट एक महिला घाइते भएकी छन्।
जिल्ला प्रहरी कार्यालय दाङका अनुसार भदौ १६ गते साँझ ४:५० बजे गुरुकुल एकेडेमी स्कुलको रा १ च १७५३ नम्बरको इलेक्ट्रिक भ्यानले स्थानीय ५० वर्षीया रुन्ची चौधरीलाई ठक्कर दिएको हो।
प्रहरीका अनुसार तुलसीपुर उपमहानगरपालिका–६ रजौराका २९ वर्षीय गिरिराज डाँगीले चलाएको उक्त भ्यान विद्यार्थीलाई घर पुर्‍याउन गएको थियो।
विद्यार्थी छोडेर भ्यान ब्याक गरी फर्किने क्रममा चौधरीलाई ठक्कर दिएको बताइएको छ।
दुर्घटनामा चौधरीको दुवै हात, अनुहार र खुट्टामा चोट लागेको छ।
उनलाई उपचारका लागि राप्ती प्रादेशिक अस्पताल लगिएको र हाल उपचार भइरहेको प्रहरीले जनाएको छ।
घाइते चौधरीको अवस्था मध्यम रहेको बताइएको छ।
घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।

About The Author

Leave a Reply

Your email address will not be published. Required fields are marked *