July 10, 2026

दाङ, तुलसीपुर। तुलसीपुर उपमहानगरपालिका–५, नयाँ बसपार्क क्षेत्रमा करिब १५ लाख रुपैयाँभन्दा बढी लगानीमा स्थापना गरिएको टप गेस्ट हाउस एण्ड रेस्टुरेन्ट आजदेखि औपचारिक रूपमा सञ्चालनमा आएको छ।

व्यवसायमा हेमन्त प्रकाश ओली, सुरेन्द्र परियार, प्रकाश ओली र बाबुराम खत्री को संयुक्त लगानी रहेको छ। एक विशेष कार्यक्रमका बीच तुलसीपुर उपमहानगरपालिकाका मेयर टिकाराम खड्का ले रिबन काटेर गेस्ट हाउस तथा रेस्टुरेन्टको उद्घाटन गर्नुभयो।

उद्घाटन कार्यक्रममा तुलसीपुर–३ का वडा अध्यक्ष विजय बिक, तुलसीपुर–१८ का वडा अध्यक्ष माधव ओली लगायत स्थानीय जनप्रतिनिधि, व्यवसायी तथा सर्वसाधारणको उल्लेखनीय उपस्थिति रहेको थियो।

कार्यक्रमलाई मेयर टिकाराम खड्का ले तुलसीपुरमा निजी क्षेत्रबाट भइरहेको लगानीले स्थानीय अर्थतन्त्रलाई चलायमान बनाउने बताउनुभयो। उहाँले पर्यटन, आतिथ्य र सेवा क्षेत्रको विकासले रोजगारी सिर्जना हुनुका साथै नगरको आर्थिक गतिविधि विस्तार हुने उल्लेख गर्दै व्यवसायीहरूलाई गुणस्तरीय सेवा प्रदान गर्न आग्रह गर्नुभयो। स्थानीय स्तरमा हुने यस्ता लगानीलाई उपमहानगरपालिकाले आवश्यक सहयोग र प्रोत्साहन गर्ने पनि उहाँले बताउनुभयो।

नयाँ बसपार्क क्षेत्रमा सञ्चालनमा आएको टप गेस्ट हाउस एण्ड रेस्टुरेन्टले यात्रु, पर्यटक तथा स्थानीय ग्राहकलाई आवास र खानपानको सेवा प्रदान गर्ने लक्ष्य लिएको सञ्चालक पक्षले जनाएको छ।

Facebook Notice for EU! You need to login to view and post FB Comments!

About The Author

Leave a Reply

Your email address will not be published. Required fields are marked *