बाढीपहिरो पीडितका लागि गोरखा परिवारको ठूलो सहयोग, उद्धार कोषमा १० लाखभन्दा बढी रकम जम्मा दाङको गोरखा समूह अन्तर्गत सञ्चालित विभिन्न विद्यालय, कलेज तथा संस्थाले बाढीपहिरो प्रभावित नागरिकको सहयोगका लागि प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा १० लाख १ हजार १ सय ४७ रुपैयाँ सहयोग रकम जम्मा गरेका छन्।तुलसीपुर, घोराही, लमही लगायतका क्षेत्रमा सञ्चालित गोरखा समूहका शैक्षिक संस्था तथा कर्मचारी–शिक्षकहरूको स्वस्फूर्त सहयोगबाट उक्त रकम संकलन गरिएको गोरखा स्कुल तुलसीपुरका प्रिन्सिपल विजय जिएमले जानकारी दिए।उनका अनुसार गोरखा स्कुल तुलसीपुर तथा शिक्षक–कर्मचारीको तर्फबाट २ लाख ३१ हजार ४ सय ४५ रुपैयाँ संकलन गरिएको छ। त्यसैगरी गोरखा स्कुल घोराहीबाट २ लाख ५३ हजार रुपैयाँ सहयोग जुटाइएको छ।गोरखा स्कुल लमहीबाट १ लाख ५६ हजार रुपैयाँ तथा गोरखा स्कुल लालमटियाबाट ७९ हजार रुपैयाँ संकलन गरिएको छ।यस्तै गोरखा रेसिडेन्सियल स्कुल तुलसीपुरबाट ४५ हजार १ सय ३३ रुपैयाँ, गोरखा मोडेल कलेज तुलसीपुरबाट ५० हजार रुपैयाँ र स्वर्णीम देउखुरी कलेजबाट ३५ हजार रुपैयाँ सहयोग संकलन भएको छ।भिक्टोरिया कलेजबाट ५० हजार ४ सय ५८ रुपैयाँ तथा गोरखा पब्लिक हस्पिटलबाट १ लाख १ हजार १ सय ११ रुपैयाँ सहयोग प्रदान गरिएको जनाइएको छ।गोरखा समूह अन्तर्गतका विभिन्न संस्था, शिक्षक तथा कर्मचारीको सामूहिक पहलमा संकलन भएको कुल १० लाख १ हजार १ सय ४७ रुपैयाँ प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा जम्मा गरिएको प्रिन्सिपल विजय जिएमले बताए।
