July 8, 2026

शरद शर्मा मजगैया

असार ७ तुलसीपुर, दाङ।

“स्वस्थ बुढ्यौलीका लागि योग” भन्ने मूल नारासहित १२औँ अन्तर्राष्ट्रिय योग दिवस–२०२६ तुलसीपुर उपमहानगरपालिका वडा नं. १४ र १५ का योग साधना केन्द्रहरूको संयुक्त आयोजनामा भव्य रूपमा सम्पन्न भएको छ। कार्यक्रममा करिब ३८० जनाको उत्साहजनक सहभागिता रहेको थियो।

मुना इङ्ग्लिस बोर्डिङ स्कुलबाट सुरु भएको प्रभातफेरी विभिन्न गाउँ हुँदै आत्मशान्ति शीतल छाया सौन्दर्य डाँडा साधना केन्द्रमा पुगेर समापन भएको थियो। त्यसपछि सामूहिक योगाभ्यास, प्राणायाम तथा स्वास्थ्य सचेतनामूलक कार्यक्रम सञ्चालन गरिएको थियो।

कार्यक्रमका प्रमुख अतिथि वरिष्ठ बालरोग विशेषज्ञ डा. किशोर खत्रीले योगलाई स्वस्थ जीवन, रोग नियन्त्रण र मानसिक सन्तुलनको प्रभावकारी माध्यम भएको बताउनुभयो। विभिन्न वक्ताहरूले योगलाई घर–घर र समुदायस्तरसम्म विस्तार गर्नुपर्नेमा जोड दिएका थिए।

सांस्कृतिक प्रस्तुतिसहित सम्पन्न कार्यक्रममा विद्यार्थी, युवा, महिला तथा ज्येष्ठ नागरिकहरूको उल्लेखनीय सहभागिता रहेको थियो। कार्यक्रमको सञ्चालनम मुना साधना केन्द्रको सल्लाहकार एवं युवा नेपाल समिति दाङ  जिल्ला संगठन सचिव बेलाराम भण्डारीले गर्नुभएको थियो भने समापन आत्मशान्ति शीतल छाया साधना केन्द्रकी अध्यक्ष भीमा कुमारी बस्नेतले गर्नुभएको थियो।

कार्यक्रमले “स्वस्थ बुढ्यौलीका लागि योग” भन्ने सन्देशलाई जनस्तरसम्म पुर्‍याउन महत्वपूर्ण योगदान दिएको सहभागीहरूको भनाइ रहेको छ।

About The Author

Leave a Reply

Your email address will not be published. Required fields are marked *