July 8, 2026

तुलसीपुरमा नयाँ व्यावसायिक क्रान्ति युवा व्यवसायी दिपक खड्काको लगानीमा ‘पकवान चुलो’ र ‘तुलसिमा समोची’ भव्य शुभारम्भतुलसीपुर, दाङ । दाङको तुलसीपुरमा युवा उद्यमशीलताको सशक्त उदाहरण प्रस्तुत गर्दै युवा व्यवसायी दिपक खड्काको एकल लगानीमा स्थापना गरिएको बिमलादी हस्पिटालिटी प्रा. लि. अन्तर्गत सञ्चालित ‘पकवान चुलो’ तथा ‘तुलसिमा समोची’ आज विशेष समारोहबीच भव्य रूपमा शुभारम्भ गरिएको छ।तुलसीपुर उपमहानगरपालिका–स्थित मदन आश्रित चोक नजिक सञ्चालनमा आएको उक्त प्रतिष्ठानको उद्घाटन स्थानीय जनप्रतिनिधि, व्यवसायी, समाजसेवी तथा विभिन्न क्षेत्रका विशिष्ट व्यक्तित्वहरूको उल्लेखनीय उपस्थितिमा सम्पन्न भएको हो। उद्घाटनसँगै तुलसीपुरमा स्वाद, गुणस्तर र आधुनिक आतिथ्य सेवाको नयाँ गन्तव्य थपिएको स्थानीयले बताएका छन्।सञ्चालक दिपक खड्काले स्थानीयस्तरमै अन्तर्राष्ट्रियस्तरको स्वाद, स्वच्छता र उत्कृष्ट सेवा प्रदान गर्ने लक्ष्यका साथ प्रतिष्ठान सञ्चालनमा ल्याइएको बताए। उनले स्थानीय उत्पादनलाई प्राथमिकता दिँदै गुणस्तरीय खानपान संस्कृतिको विकाससँगै युवाहरूलाई रोजगारी सिर्जना गर्ने उद्देश्य पनि व्यवसायको मुख्य प्राथमिकता रहेको उल्लेख गरे।प्रतिष्ठानले सुरुवातकै चरणमा २० जनाभन्दा बढीलाई प्रत्यक्ष रोजगारी प्रदान गरेको छ। यसले स्थानीय युवालाई आफ्नै ठाउँमा रोजगारीको अवसर उपलब्ध गराउनुका साथै तुलसीपुरको आर्थिक गतिविधि चलायमान बनाउन महत्वपूर्ण भूमिका खेल्ने अपेक्षा गरिएको छ। स्थानीय कृषि उत्पादनको प्रयोग, आपूर्ति श्रृंखलाको विस्तार तथा साना उद्यमसँगको सहकार्यले यस व्यवसायले समग्र स्थानीय अर्थतन्त्रलाई समेत टेवा पुर्‍याउने विश्वास गरिएको छ।उद्घाटन कार्यक्रममा बोल्ने अतिथिहरूले युवा व्यवसायी दिपक खड्काको साहसिक लगानीको प्रशंसा गर्दै यस्ता उद्यमले रोजगारी, उत्पादन, पर्यटन तथा स्थानीय व्यापार प्रवर्द्धनमा सकारात्मक प्रभाव पार्ने धारणा व्यक्त गरेका थिए। उनीहरूले नयाँ व्यवसायलाई सफलताको शुभकामना दिँदै स्थानीय उपभोक्ताले पनि गुणस्तरीय सेवाको लाभ लिन सक्ने विश्वास व्यक्त गरे।सञ्चालक पक्षले ग्राहकलाई स्वादिष्ट, स्वच्छ, गुणस्तरीय र विश्वासिलो सेवा प्रदान गर्ने प्रतिबद्धता जनाएको छ। आधुनिक सेवा, पारिवारिक वातावरण र नेपाली स्वादलाई प्राथमिकतामा राखेर सञ्चालनमा आएको ‘पकवान चुलो’ तथा ‘तुलसिमा समोची’ तुलसीपुरको खानपान क्षेत्रमा नयाँ पहिचान स्थापित गर्ने लक्ष्यसहित अघि बढेको जनाएको छ।युवा उद्यमशीलता, रोजगारी सिर्जना र स्थानीय आर्थिक विकासलाई एकैसाथ अघि बढाउने उद्देश्यका साथ सुरु भएको यो लगानीलाई तुलसीपुरको व्यावसायिक क्षेत्रका लागि सकारात्मक र प्रेरणादायी सुरुवातका रूपमा हेरिएको छ।

About The Author

Leave a Reply

Your email address will not be published. Required fields are marked *