तुलसीपुर, ११ माघ
दाङको दंगीशरण गाउँपालिकाबाट दर्जनभन्दा बढी जेन–जी युवाहरू नेपाली कम्युनिष्ट पार्टी (नेकपा) मा प्रवेश गरेका छन्। शनिबार सम्पन्न पार्टीको प्रशिक्षण कार्यक्रमका बीच उनीहरू औपचारिक रूपमा नेकपामा आबद्ध भएका हुन्।
नवप्रवेशी युवाहरूलाई पार्टीका केन्द्रीय सदस्य तथा दाङ क्षेत्र नं–३ का प्रतिनिधिसभा सदस्यका उम्मेदवार धनबहादुर मास्की ले स्वागत गर्दै पार्टीमा आबद्ध गराएका थिए।
कार्यक्रमलाई सम्बोधन गर्दै उम्मेदवार मास्कीले नेकपाले विगतदेखि नै जेन–जी युवाका मुद्दा र चासोलाई प्राथमिकताका साथ उठाउँदै आएको उल्लेख गरे। उनले अबको समाज रूपान्तरणमा युवाकै निर्णायक भूमिका रहने भन्दै सचेत, संगठित र वैचारिक रूपमा अघि बढ्न युवाहरुलाई आह्वान गरे।
उक्त अवसरमा पार्टीका विभिन्न तहका नेताहरूले राजनीतिक प्रशिक्षण दिँदै समसामयिक विषय र पार्टीको भावी कार्यदिशाबारे प्रकाश पारेका थिए।
