July 12, 2026


शान्तिनगर, माघ ९
कृष्ण अधिकारी
सरस्वती पूजाको अवसरमा मिडवेस्ट पोइन्ट एकाडेमी शान्तिनगर गाउँपालिका–७, खैरेनीमा कक्षा ६ देखि १० सम्मका विद्यार्थीहरूको सहभागितामा विज्ञान प्रदर्शनी तथा नृत्य प्रस्तुति कार्यक्रम भव्य रूपमा सम्पन्न भएको छ।
कार्यक्रमको अध्यक्षता विद्यालय व्यवस्थापक समिति अध्यक्ष सुबोध कुमार डाँगीले गर्नुभएको थियो। अध्यक्ष डाँगीले मन्तव्य राख्दै विद्यालयले विद्यार्थीहरूको सर्वाङ्गीण विकासका लागि शैक्षिक गतिविधिसँगै अतिरिक्त क्रियाकलापलाई समेत प्राथमिकतामा राख्दै आएको बताउनुभयो। यस्ता कार्यक्रमले विद्यार्थीमा आत्मविश्वास, सिर्जनशीलता र व्यवहारिक ज्ञान विकास हुने उहाँको भनाइ थियो।
कार्यक्रममा विद्यालयका प्रिन्सिपल वीरबहादुर घर्तीले मन्तव्य राख्दै प्रयोगात्मक शिक्षामार्फत विद्यार्थीलाई समयअनुकूल सक्षम बनाउने लक्ष्यसहित विद्यालय अगाडि बढिरहेको बताउनुभयो। उहाँले विज्ञान प्रदर्शनीले विद्यार्थीको अनुसन्धानशील सोच र नवप्रवर्तन क्षमतामा सकारात्मक प्रभाव पार्ने उल्लेख गर्नुभयो।
कार्यक्रमका प्रमुख अतिथि शान्तिनगर गाउँपालिका अध्यक्ष प्रमोद बस्नेतले मन्तव्य राख्दै गुणस्तरीय शिक्षाका लागि विद्यालय, अभिभावक र स्थानीय सरकारबीच सहकार्य अपरिहार्य रहेको बताउनुभयो। उहाँले विद्यार्थीहरूले प्रस्तुत गरेका सिर्जनात्मक सामग्री तथा नृत्य प्रस्तुतिको प्रशंसा गर्दै आगामी दिनमा यस्ता शैक्षिक तथा सिर्जनात्मक कार्यक्रमलाई स्थानीय तहबाट आवश्यक सहयोग रहने प्रतिबद्धता व्यक्त गर्नुभयो।
त्यसैगरी विशिष्ट अतिथि वडा नम्बर ७ का वडा अध्यक्ष ताराबहादुर ओलीले मन्तव्य राख्दै विद्यालयको शैक्षिक गतिविधि र विद्यार्थीहरूको प्रतिभाको खुलेर प्रशंसा गर्नुभयो। उहाँले बालबालिकाको प्रतिभा उजागर गर्ने यस्ता कार्यक्रमलाई निरन्तरता दिनुपर्नेमा जोड दिनुभयो।
कार्यक्रममा विद्यालयका विज्ञान शिक्षक दुर्लभ ठकुरीको उपस्थिति रहेको थियो। विद्यार्थीहरूले विज्ञान प्रदर्शनीमार्फत विभिन्न सिर्जनात्मक परियोजना प्रस्तुत गर्नुका साथै आकर्षक नृत्य प्रस्तुतिहरू समेत देखाएका थिए। कार्यक्रममा अभिभावक, शिक्षक तथा स्थानीयको उल्लेख्य सहभागिता रहेको थियो।
कार्यक्रमको सहजीकरण प्रोग्राम कोर्डिनेटर शिक्षक पूर्ण बोहोराले गर्नुभएको थियो।

Facebook Notice for EU! You need to login to view and post FB Comments!

About The Author

Leave a Reply

Your email address will not be published. Required fields are marked *