तुलसीपुर, ११ माघ कृष्ण अधिकारी
तुल्सीपुर–५ बसपार्कमा अवस्थित होटल न्यु सिटी पछिल्लो एक वर्षदेखि स्वाद, सफाइ र आत्मीय सेवाका कारण ग्राहकहरूको विश्वास जित्दै आएको छ।
यहाँ मःम, चाउमिन, नास्ता सेट, चिकेन चिल्ली, चिकेन ललिपप, बिरयानी, दाल फ्राई, अण्डा करी लगायतका परिकारहरू अत्यन्तै स्वादिष्ट र अर्गानिक तरिकाले तयार गरिन्छन्।
सफा भान्सा, मिठो स्वाद र उचित मूल्य होटल न्यु सिटीको मुख्य विशेषता हो।
ग्राहकहरूको स्वास्थ्यलाई ध्यानमा राखेर गुणस्तरीय सामग्री प्रयोग गरिने भएकाले यहाँको खाना सबै उमेर समूहका लागि उपयुक्त छ।
खाना मात्र होइन, बास बस्नका लागि सफा, आरामदायी र व्यवस्थित रुमहरू समेत उपलब्ध छन्।
शान्त, सुन्दर र पारिवारिक वातावरणमा सञ्चालन हुँदै आएको यस होटल यात्रु, व्यापारी तथा स्थानीय ग्राहकहरूका लागि उपयुक्त गन्तव्य बनेको छ।
होटलका प्रोप्राइटर भीम सिजालीको कुशल व्यवस्थापन, इमानदार सेवा र मेहनतका कारण होटल न्यु सिटीले छोटो समयमा नै राम्रो पहिचान बनाउन सफल भएको छ।

स्वादिष्ट खाना, राम्रो सेवा र शान्त वातावरणको अनुभव लिन आजै आउनुहोस् होटल न्यु सिटी, तुल्सीपुर–५ बसपार्क।
