July 18, 2026

तुलसीपुर, २६ माघ ।
दाङको तुलसीपुरमा ट्रकको ठक्करबाट एकजनाको मृत्यु भएको छ । आईतबार दिउँसो ३ बजेतिर ट्रकले लु.प्र.०२००१ प् २८६८ नम्बरको मोटरसाइकललाई ठक्कर दिँदा तुलसीपुर–७ घुसरीका जंघु चौधरीको घटनास्थलमै मृत्यु भएको हो । घोराही–तुलसीपुर सडकखण्डको मोतिपुरमा ट्रकले मोटरसाइकललाई ठक्कर दिएको हो । ट्रकको ठक्करबाट मोटरसाइकलको पछाडि बसेका चौधरीको घटनास्थलमै मृत्यु भएको हो । घटनापछि अहिले घोराही–तुलसीपुर अवरुद्ध भएको छ । दुर्घटनामा मोटरसाइकल चालक घाइते भएको प्रहरीले बताएको छ ।

About The Author

Leave a Reply

Your email address will not be published. Required fields are marked *