साधना पाठशाला तुलसीपुरको १४ औं वार्षिकोत्सव सम्पन्न भएको छ । तुलसीपुर उपमहानगरपालिका वडा नं. – ९ बेलुवा स्थित पाठशालाको भव्य कार्यक्रमका बिच १४ औं वार्षिकोत्सव कार्यक्रम सम्पन्न भएको हो ।
विद्यालयका संस्थापक अध्यक्ष ओबिराम भण्डारीको अध्यक्षता तथा पुर्ब राष्ट्रिय सभा सदस्य कोमल ओलि को प्रमुख आतिथ्यता एवं नेशनल प्याव्सन दाङका अध्यक्ष भोजराज न्यौपाने र प्याव्सनका लुम्बिनी प्रदेश सदस्य बासुदेव रिजालको विशिस्ट आतिथ्यतामा कार्यक्रम भएको हो । कार्यक्रमलाई सम्बोधन गर्दै प्रमुख अतिथि कोमल ओलिले शिक्षकहरुको लगनशीलता र मेहनतकै कारण साधना पाठशाला स्कुल शैक्षिक क्षेत्रमा अब्बल बन्दै गएको बताउनुभयो । त्यस्तै अभिभावक, शिक्षक र विद्यार्थी बिच सुमधुर सम्बन्ध राख्नसके विद्यार्थिको सिकाई स्तर वृद्धि गर्न सकिने धारणा राख्नुभयो ।
बिशिस्ट अतिथी भोजराज न्यौपानेले बालबालिकाप्रती अभिभावकको भुमिकाको विषयमा चर्चा गर्नुभएको थियो ।
छोराछोरीका लागि पहिलो पाठशाला घर अनि पहिलो शिक्षक अभिभावक नै भएको उहाँको भनाई थियो । साथै उहाँले साधना पाठशालाले शैक्षिक क्षेत्रमा पुर्याएको योगदानको चर्चा गर्नुभएको थियो । विद्यालयहरुको भिडमा साधना पाठशालाले छुट्टै पहिचान बनाउन सफल भएको उहाँको भनाई थियो । शैक्षिक गुणस्तर सँगै खेलकुद र अतिरिक्त कृयाकलापको आधारमा विद्यालयले उत्कृष्ट नतिजा हासिल गर्दै गएको भन्दै थप उन्नति र प्रगतिको कामना गर्नुभएको थियो ।
कार्यक्रममा बासुदेब रिजाल, समाजसेवी तथा यातायात ब्यबसायी बिनोद शर्मा लगाएतले मन्तव्य राख्नुभएको थियो ।
बोल्ने बक्ताहरुले मोबाइल, टिभी र सामाजिक सञ्जालले बालबालिकालाई गर्ने असरको बारेमा चर्चा गर्नुभएको थियो । उनीहरुले प्रविधिको सहि सदुपयोग गर्न विद्यार्थीहरुलाई सुझाव दिएका थिए ।
कार्यक्रममा विद्यालयका प्रधानाध्यापक हरी प्रसाद भण्डारीले विद्यालयको समग्र विकासका लागि गुरुयोजना बनाएर अघि बढेको बताउनुभयो । गुणस्तरीय शिक्षा सँगै बालबालिकाहरुको सर्वाङ्गिण विकासका लागि पुर्ण रुपमा समर्पित भएको उहाँको भनाई थियो ।
