July 18, 2026

घोराही, २७ माघ । दाङमा अवैध सुन सहित एक जना पक्राउ परेका छन् । पक्राउ पर्नेमा घोराही उपमहानगरपालिका –१४ मिलन चोक निवासी २५ वर्षका रञ्जित रसाइली रहेको जिल्ला प्रहरी कार्यालय दाङका डीएसपी चक्र बहादुर शाहले जानकारी दिनुभयो ।  पक्राउ परेकाको साथबाट प्रहरीले चार सय सन्तानब्बे ग्राम चार मिलिग्रामको दुईवटा सिक्री र एक लाख ७ हजार ८ सय रुपैयाँ बरामद गरेको छ । प्रहरीले शुक्रबार साँझ ६ बजे घोराहीको ट्राफिक चोक नजिकै सुराकीको आधारमा पक्राउ गरेपनि सार्वजनिक भने २ दिन पछि आइतबार गरेको हो ।

About The Author

Leave a Reply

Your email address will not be published. Required fields are marked *