July 15, 2026


केवि वली
पुष २० दाङ
दाङ तुलसीपुर उप-महानगरपालिका वडा नं. ५ (ङ) लाइन स्थित गौरव वलीको घरमा अबैध रुपमा जुवातास खेलिरहेका ९ जनालाई प्रहरीले पक्राउ गरेको छ ।

जुवातास खेलिरहेको गोप्य सूचनाको आधारमा ईलाका प्रहरी कार्यलय तुलसीपुरका प्रहरी निरीक्षक बिनोद राज खत्रीको कमाण्डमा गएको बिशेष प्रहरी टोलीले अबैध रुपमा जुवातास खेलिरहेका ९ जनालाई पक्राउ गरेको हो।

दिउँसो ३:४५ बजेको समयमा जुवातास खेलिरहेको गोप्य सूचनाको आए पछि प्रहरी निरीक्षक बिनोद राज खत्रीको कमान्डमा गएको प्रहरी टोलिले गौरव वलीको घर खानतलासी गर्दा कोठाभित्र अबैध जुवा तास खेलिरहेको अवस्थामा जुवा खालबाट नगद रु. २,५२,०६५।-, तास १०२ पत्ता, नखोलेको नयाँ तास १ गड्डी र जुवा खेलिरहेका ९ जना ब्यक्तिहरुलाई नियन्त्रणमा लिई अहिले अनुसन्धान कार्य अगाडि बढाएको ईलाका प्रहरी कार्यलय तुलसीपुरका प्रमुख डिएसपी अनिल कुमार ठकुरीले जानकारी दिनुभएको हो।

Facebook Notice for EU! You need to login to view and post FB Comments!

About The Author

Leave a Reply

Your email address will not be published. Required fields are marked *