July 15, 2026

दाङ, २० पुष । दाङ को तुलसीपुरमा सामुहिक बलात्कारको आरोपमा तिनजना पक्राउ परेका छन् । पुष १३ बेलुका अन्दाजी ५ बजेको समयमा  तुलसीपुर उपमहानगरपालिका वडा नं.१२ स्थित टरीगाँउ फुटबल मैदानको अगाडी जंगलमा लगेर सामुहिक बलात्कार गरेको आरोपमा दुई जना पक्राउ परेका हुन् । १४ वर्षीय बालिका लाई फकाई स्कुटीमा बसाली टरीगाँउ फुटबल मैदानको अगाडी जंगलमा लगे पश्चात उक्त स्थानमा आएका ३ जना ब्यक्तिहरुले निज पिडितलाई चारै तिरबाट घेरा हालेको र १ जनाले समाती तिमीसंग सल्लाह भएको बताउदै उक्त स्थानबाट केही पर जंगलमा लगी जबरजस्ती करणी गरेको  ईलाका प्रहरी कार्यलय तुलसीपुर डिएसपी अनिल ठकुरीले जानकारी दिएका छन । जबरजस्ती करणी गर्ने कार्यमा २ जनाले पुर्ण रुपमा सहयोग गरेको र २ जनाले जबरजस्ती करणी गरेको हुँदा निजहरु मध्ये ३ जनालाई अहिले प्रहरीले पक्राउ गरी अनुसन्धान थालेको र १ जना फरार रहेकोमा खोजतलास भई रहेको समेत प्रहरीले  जानकारी दिएको छ ।

Facebook Notice for EU! You need to login to view and post FB Comments!

About The Author

Leave a Reply

Your email address will not be published. Required fields are marked *