July 15, 2026

कृष्ण अधिकारी

पौष १७ दाङ
विगत लामो समयदेखि निरन्तर रूपमा नेपाली सांगीतिक क्षेत्रमा चम्किरहेका गणेश डाँगी गगनको नयाँ सांगीतिक कोसेली तिम्रो मायामा अन्धो भएछु सार्वजनिक गरिएको छ। गणेश डाँगीले यसअघि दर्जनौं गीतमा स्वर सहित शब्द संगीत समेत गरिसकेका छन् ।

गणेश डाङ्गी गगन नामक युट्युब च्यानल बाट सार्वजनिक भएको गीतमा गणेश डाँगि गगन र सुनिता बुढा क्षेत्रीको स्वर रहेको छ भने एरेन्ज रेकर्ड मिक्सिङ हेमराज डाँगीले गरेका हुन्
यस गीतमा गणेशडाङ्गी गगनकै लय शब्द रहेको छ। दाङ सल्यान र रोल्पाको विभिन्न ठाउँमा छायांकन गरेको गीतमा गायक स्वयं गणेश र बिमला थापा मगरको अभिनय रहेको छ भने गीतमा निर्देशन गायक आफैले गरेका छन् कोरियोग्राफी सम्पादन र कलरको काम अभिषेक मल्लले गरेका छन् ।
क्यामरा र ड्रोन मित्रबाबुले चलाएका हुन् भने व्यवस्थापनको रुपमा सरोज रेग्मीले सहयोग गरेका हुन्
 
गीतको रेकर्ड मालिका स्टुडियो काठमाडौँमा गरिएको हो भने पोस्ट प्रोडक्सन स्मार्ट फिल्म स्टुडियोले गरेको छ।
गीतमा रिदम मेघराज लुङ्गेली र बाँसुरीमा गोपाल देव र सारङ्गी हेमन्त कान्छा रसाइलीले बजाएका हुन् भने तिम्रो मायामा अन्धो भएछु बोलको यस गीतमा सुजन रेग्मीले पोष्टर आर्ट गरेका हुन् भने मिडिया सहयोगको रुपमा लक्ष्मीनारायण मिडिया प्राली तुलसीपुर दाङ रहेको छ।

भिडियो लिंक : –

About The Author

Leave a Reply

Your email address will not be published. Required fields are marked *