भदौ ३
दाङको तुलसीपुरमा मोटरसाइकलले ठक्कर दिँदा ८ वर्षिय बालक गम्भीर घाइते भएका छन् । सोमबार दिउँसो करिब पौने ४ बजेतिर तुलसीपुर उपमहानगरपालिका ५ बसपार्क, पुलचोक स्थित बसपार्कबाट पश्चिम तर्फ जादै गरेको नम्बर नखुलेको मोटरसाइलले पैदल हिडिरहेका ८ वर्षिय बालकलाई ठक्कर दिँदा गम्भीर घाइते भएको इलाका प्रहरी कार्यालय तुलसीपुरका प्रहरी निरीक्षक प्रकाश थापाले जानकारी दिए ।
घाइते हुनेमा तुलसीपुर उपमहानगरपालिका २ खैरीपुर बस्ने कमला रेउलेको छोरा ८ वर्षिय सौरभ रेउले रहेका छन् । बालकको राप्ती प्रादेशिक अस्पताल तुलसीपुरमा उपचार भैरहेको प्रहरीले बताएको छ । बालकलाई टाउको, निधारमा चोट लागेको छ ।
ठक्कर दिने मोटरसाइकलको खोजी कार्य जारी रहेको प्रहरीले जनाएको छ ।
Facebook Notice for EU!
You need to login to view and post FB Comments!
