July 13, 2026

के.वि ओलि भदौ४

दाङ जिल्ला फोटोग्राफर एशोशियनको २४ औं स्थापना दिवशको अवसरमा  तुलसीपुर शाखाले दिप प्रज्वलन  कार्यक्रम सप्पन्न गरेको छ ।

२४ औं जिल्ला स्थापना दिवसको अवसरमा तुलसीपुरको बि.पि चोकमा आज तुलसीपुर शाखाले एक औपचारिक कार्यक्रमका बिच दिप प्रज्वलन कार्यक्रम सप्पन्न गरेको हो।

दिप प्रज्वलन कार्यक्रममा बोल्दै प्रमुख अथिती जिल्ला फोटोग्राफर एशोशियसन,दाङका उपाध्यक्ष नारायण वि.क. ले जिल्ला फोटोग्राफर एशोशियनले आज २४ औं स्थापना दिवश मनाइ रहदा यस भित्र थुप्रै अवसर संग संगै चुनौती रहेको बताएका हुन् । 

आज २१ औ शताब्दीमा अझ भन्नेहाे भने डिजिटल  युगमा पनि व्यवसायिक माथी शिप , क्षमता , ज्ञानको कमी गर्दा पनि आज व्यवसायी माथी असहज परिस्थिती श्रृजना भएको बताउदै अबका दिनमा यशोसियशनले  सम्पूर्ण व्यवसायीहरुलाई एकरुपता गराउदै अहिलेको युगमा व्यवसायीहरुलाई अझ माथी उठाउनको लागि सिप परिक्षण, क्षमता अभिवृद्धी जस्ता तालिम संचालन गर्ने बताए ।

यस्तै उनले अहिले देशले भोक्नु परेको आर्थिक मन्दीका कारण पनि धेरै फोटो व्यवसायीहरु पलायन हुने अवस्था भएको र देशमै व्यवसायी गर्ने भन्दा बाहीर जानेको  ठुलो लहर चलेको बताउदै अब यस क्षेत्रमा काम गर्ने  सम्पूर्ण व्यवसायीहरुलाई प्रोत्साहन गर्न नयाँ कार्य योजना तथा निति निर्माण गर्न आवश्यक रहेको समेत बताएका हुन । 

दाङ जिल्ला फोटोग्राफर एशोशियसन तुलसीपुर शाखाका अध्यक्ष कृष्ण जि.ए को सभा अध्यक्षमा भएको उक्त कार्यक्रममा दाङ जिल्ला फोटोग्राफर एशोशियसनका सदस्य पहल सिंह बुढा मगर , तुलसीपुर शाखाका उपाध्यक्ष मिनराज वली , सचीव ससिराम चौधरी , कोषाध्यक्ष हरि खड्का लगायत सदस्य हरुको सहभागी रहेको थियो भने कार्यक्रमको सहजीकरण दाङ जिल्ला फोटोग्राफर एशोशियसन दाङका सचिव मिशन सुनार ले गरेका थिए ।

Facebook Notice for EU! You need to login to view and post FB Comments!

About The Author

Leave a Reply

Your email address will not be published. Required fields are marked *