कृष्ण अधिकारी
दाङ, भाद्र .१
कमल पोखरी योग साधना केन्द्र रजौरामा पतन्जली योग समिती लुम्बिनी प्रदेशको आयोजनामा १५ दिने सह-योग शिक्षक तलिम एक समारोहका बिच भब्यरुपमा सुरु भएको छ | पतन्जली योग समिति लुम्बिनी प्रदेसका महामन्त्री घनश्याम अधिकारीले पानसमा बत्ती बालेर उद्द्घाट्न गर्नु भएको थियो ।

उत कार्यक्रम कमलपोखरी योग साधना केन्द्रका अध्यक्ष बलदेव रजौरेले अध्यक्षता गर्नुभएको थियो | प्रमुख अथिती लुम्बिनी प्रदेसका महामन्त्री घनश्याम अधिकारी रहनु भएको थियो | बिशिस्ट अथिती पतन्जली योग समिती लुम्बिनी प्रदेस सोसल मिडिया प्रभारि डा. अरुण कुमार श्रेष्ठ , अथिती पतन्जली योग समिती लुम्बिनी प्रदेश सदस्य लक्ष्मी ओलि , पतन्जली योग समिती दाङ्ग जिल्ला महिला सह प्रभारी समिक्षा रिजाल , पतन्जली योग समिती दाङ्ग जिल्ला युवा सह प्रभारी शम्भु गिरि , पतन्जली योग समिती दाङ्ग जिल्ला सदस्य दुर्गा भन्डारी , हरि भट्टराई रहनु भएको थियो ।
कार्यक्रममा बोल्ने बक्ताहरुले योगको बिकास तथा योगका फाइदाहरु को बारेमा प्रष्ट पार्नु भएको थियो |
पतंजलि योग सिमीत लुम्बिनी परदेश का प्रशिक्षण बिभाग प्रमुख तथा आचार्य कुलम दाङ का समयोजक दिपक बस्यालले जुम का माध्यमबाट प्रदेस भरीका साधक साधीका परिक्षार्थी हरुलाई प्रशिक्षण दिनु भयको थियो |उक्त कार्यक्रम अबको १५ दिन सम्म रहने योग साधना केन्द्रका साधक नारायण प्रशाद अधिकारीले जानकारी दिनुभएको छ |
