July 9, 2026

पाल्पा चैत ०५ जनउत्थान सामुदायिक लघुवित्त वित्तीय संस्था लिमिटेड, शाखा सञ्चालन कार्यालय हार्थोक, पाल्पाले स्मार्ट पैसा संवाद भन्ने नारासहित ग्लोबल मनी वीक २०२६ कार्यक्रम आयोजना गरी सम्पन्न गरेको छ।
उक्त कार्यक्रम कालिका माध्यमिक विद्यालय, रिब्दीकोट ०७, पाल्पामा आयोजना गरिएको थियो।

कार्यक्रममा विद्यार्थी, शिक्षक तथा संस्थामा आबद्ध सदस्यहरू गरी जम्मा ४९ जनाको सक्रिय सहभागिता रहेको थियो।
कार्यक्रममा शाखा प्रमुख दिनेश नेपालीले स्मार्ट पैसा संवाद ग्लोबल मनी वीक सम्बन्धी विस्तृत जानकारी प्रदान गर्दै वित्तीय साक्षरताको महत्व, बचत गर्ने बानी, उचित खर्च व्यवस्थापन तथा भविष्यका लागि आर्थिक योजना बनाउने विषयमा सहजीकरण गर्नुभयो।
कार्यक्रममा सहभागी विद्यार्थी तथा स्थानीयवासीहरूले वित्तीय ज्ञान जीवनका लागि अत्यन्त महत्वपूर्ण रहेको बताएका थिए।

साथै, “आजको सानो प्रयासले भोलिको ठूलो सफलता सुनिश्चित गर्छ” भन्ने सन्देश प्रवाह गर्दै बचत गर्ने बानीको विकासमा जोड दिइएको थियो।
कार्यक्रम सफल बनाउन सहयोग गर्ने विद्यालय परिवार, शिक्षक-शिक्षिका, विद्यार्थी तथा सम्पूर्ण सहभागीहरूलाई शाखा ले धन्यवाद व्यक्त गरेको छ।

About The Author

Leave a Reply

Your email address will not be published. Required fields are marked *