तुलसीपुर मिति २०८२ माघ २१ कृष्ण अधिकारी
कार्यक्रममा खेलाडीहरूको मेहनत, अनुशासन र अभिभावकहरूको निरन्तर सहयोगको प्रशंसा गरिएको थियो।यस विषयमा जानकारी दिँदै विद्यालयका शिक्षक तथा खेलकुद संयोजक डी.आई. सुरज केसी ले गोरखा स्कुलले शैक्षिक क्षेत्रसँगै खेलकुदमा निरन्तर उत्कृष्टता ल्याउने प्राथमिकता राख्दै आएको बताउनुभयो।कार्यक्रमलाई सम्बोधन गर्दै गोरखा माध्यमिक विद्यालयका प्रधानाध्यापक विजय जीएम ले विद्यालयको यो सफलता सामूहिक प्रयास, अनुशासन र निरन्तर अभ्यासको परिणाम भएको उल्लेख गर्दै भन्नुभयोहाम्रो लक्ष्य केवल आजको सफलता होइन। गोरखा स्कुलले विद्यार्थीलाई सक्षम र प्रतिस्पर्धी नागरिक बनाउँदै अझै ठूलो खेल, राष्ट्रिय र अन्तर्राष्ट्रिय स्तरमा जित हासिल गर्ने लक्ष्य राखेको छ। आजको उपलब्धि खेलाडी विद्यार्थी, अभिभावक, शिक्षक तथा विद्यालय परिवार सबैको साझा मेहनतको प्रतिफल हो। हामी भविष्यमा अझ ठूलो सफलता हासिल गर्ने दृढ संकल्पसहित अघि बढिरहेका छौँ।”प्रधानाध्यापक विजय जीएमका अनुसार आगामी दिनमा विद्यालयले खेलकुद पूर्वाधार विस्तार, नियमित प्रशिक्षण, र राष्ट्रिय तथा अन्तर्राष्ट्रिय प्रतियोगितामा सहभागिता लाई अझै सशक्त बनाउने योजना बनाएको छ।

गोरखा ग्रुपद्धारा सञ्चालित गोरखा क्रिकेट कप प्रतियोगिता २०८२ तथा २०८२ सालको तुलसीपुर उपमहानगरपालिका स्तरीय सातौँ राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिता मा उत्कृष्ट प्रदर्शन गर्दै गोरखा माध्यमिक विद्यालय, तुलसीपुर ले ऐतिहासिक सफलता हासिल गरेको छ।विद्यालयले राष्ट्रपति रनिङ शिल्ड प्रतियोगितामा १८ स्वर्ण, १४ रजत र ८ कास्य पदक सहित समग्रमा प्रथम स्थान प्राप्त गर्नुका साथै गोरखा क्रिकेट कप २०८२ को विजेता बन्दै खेलकुद क्षेत्रमा आफ्नो वर्चस्व प्रमाणित गरेको हो।उक्त उपलब्धिको उपलक्ष्यमा विद्यालयद्वारा प्रतियोगितामा सहभागी सम्पूर्ण खेलाडीहरू तथा उनीहरूका अभिभावकहरूलाई विशेष सम्मान कार्यक्रम मार्फत सम्मान गरिएको थियो।

