July 10, 2026

तुलसीपुर, २० माघ
नेपाली कम्युनिस्ट पार्टी (नेकपा) का उम्मेद्वार धनबहादुर मास्के (राजेश) ले पार्टीले जेनजी आन्दोलनको मर्म बुझेको र तारा चिन्हमा युवाको भरोसा र आकांक्षालाई अघि बढाउने प्रतिबद्धता व्यक्त गरेका छन्।
तुलसीपुरमा मंगलबार आयोजित कार्यक्रममा २७ जना नवप्रवेशी जेनजी युवाहरू लाई पार्टीले भव्य स्वागत गरेको थियो।

मास्केले कार्यक्रममा आफ्ना विचार व्यक्त गर्दै भने २३ र २४ को जेनजी आन्दोलनले हाम्रो युवामा जागरूकता, सङ्गठनशीलता र देशप्रेमको भावना जगायो।

यसले देखायो कि युवा सशक्त, जिम्मेवार र देशप्रति प्रतिबद्ध नेतृत्वका लागि तयार छन्।

नेपाली कम्युनिस्ट पार्टीले यस आन्दोलनको मर्म, भावना र संदेशलाई बुझेर युवा शक्ति सशक्तिकरणको काम अघि बढाएको छ।
हामी युवा नेतृत्वलाई केवल पार्टीभित्र मात्र होइन, समाज, स्थानीय विकास र राष्ट्र निर्माणको वास्तविक केन्द्रमा राख्न प्रतिबद्ध छौँ। आज प्रवेश गरेका हरेक युवा हाम्रो आगामी राजनीतिक, सामाजिक र विकासात्मक अभियानको अग्रपंक्ति बन्नेछन्।

उनीहरूले स्थानीय तहदेखि राष्ट्रिय स्तरसम्मको निर्णयमा निर्णायक भूमिका खेल्नेछन्।
हामीले तारा चिन्हमा युवाको भरोसा र उम्मेदवारीलाई अघि बढाउने, युवालाई सशक्त बनाएर दाङको समृद्धि, न्याय र विकास सुनिश्चित गर्ने लक्ष्य लिएका छौँ।

हाम्रो उद्देश्य केवल निर्वाचन जित मात्र होइन, युवा सक्रियता मार्फत देशको परिवर्तनमा निर्णायक भूमिका दिलाउनु हो।

हामी भविष्यमा पनि युवालाई नेतृत्वको मुख्य पंक्तिमा राख्नेछौँ।
कार्यक्रममा जितबहादुर केसी र सुदन वलीको नेतृत्वमा प्रवेश गरेका युवाहरू सहभागी थिए, जो यसअघि एमाले निकट युवा संघमा आबद्ध थिए।
मास्केले युवालाई नेतृत्वमा समावेश गर्ने, संगठनमा जोड्ने र तारा चिन्हमा युवाको भरोसा मजबुत बनाउने प्रतिबद्धता दोहोर्याएका छन्। कार्यक्रममा उपस्थित युवा तथा अभिभावकहरूले उत्साहपूर्वक स्वागत गरेका थिए।

About The Author

Leave a Reply

Your email address will not be published. Required fields are marked *