हेमराज शर्मा
दाङ, बैशाख ३० । नेपाल शिक्षक संघको ३६ औं स्थापना दिवसका अवसरमा दाङको घोराही सहित दश वटै पालिकामा दीप प्रज्वलन कार्यक्रम सम्पन्न भएको छ । संघको स्थापना दिवसका अवसरमा जिल्ला संघको आयोजनामा घोराहीको बिपि चोकमा आज बेलुकी दिप प्रज्वलन कार्यक्रम सम्पन्न भएको छ । नेपाल शिक्षक संघ दाङका अध्यक्ष प्रकाश डाँगीको सभापतित्व एव नेपाली काग्रेस दाङका सचीव अर्जुन कुमार योगिको प्रमुख आतिथ्यतामा कार्यक्रम सम्पन्न भएको हो ।
कार्यक्रमका प्रमुख अतिथि काग्रेस जिल्ला सचीव योगिले देशका हरेक परिवर्तन र समाजलाई अग्रणि दिशामा लैजान नेपाल शिक्षक संघको महत्त्वपूर्ण भूमिका रहेको चर्चा गर्नुभयो ।
कार्यक्रममा नेपाल शिक्षक संघका पूर्व बरिस्ठ उपाध्यक्ष गोबिन्दप्रसाद न्यौपाने, संघका लुम्बिनी प्रदेश उपाध्यक्ष रमेशकुमार पाण्डेय, नेपाल शिक्षक महासघ दाङका अध्यक्ष युवराज बस्नेत लगायतका बक्ताहरुले शिक्षक संघको स्थापनायता गरेका कार्यको चर्चा गर्दै आगामी दिनमा अझ प्रभावकारी ढंगले अघि बढ्नुपर्नेमा जोड दिनु भएको छ । कार्यक्रमको सहजीकरण नेपाल शिक्षक संघ दाङका सचिव अर्थ निशान्त आचार्यले गर्नु भएको थियो ।

यसैबिच स्थापना दिवसका अवसरमा दाङका शिक्षक संघका दश वटै पालिकाका स्थानीय संघको आयोजनामा बेलुकी दिप प्रज्वलन कार्यक्रम सम्पन्न भएको नेपाल शक्षक संघ दाङले स्थापना दिवस मनाउनका लागि गठन गरेको कार्यक्रम तयारी समितिका सदस्य एंव नेपाल शिक्षक संघ दाङका सदस्य बालचन्द्र शर्माले जानकारी दिनुभयो ।
उहाका अनुसार नेपाल शिक्षक संघका पालिकास्तरिय सङको आयोजनामा दाङका सवै पालिकामा दीप प्रज्वलन गरिएको हो ।नेपाल शिक्षकसँघ गढवाका अध्यक्ष ताराप्रसाद ढुँगानाको अध्यता एवं नेपाली काङ्ग्रेस गढवा गाउँपालिकाका सभापति किरणकुमार पौडेलको प्रमूख आतिथ्यतामा गढवामा पनि दिप प्रज्ववलन गरिएको शिक्षकसंघ दाङका उपाध्यक्ष दाम बहादुर बुढाथोकीले जानकारी दिनुभएको छ ।
यसैगरी नेपाल शिशक संघ दाङ र घोराही स्थानीय संघको सम्युक्त आयोजनामा घोराहीको वि.पि. चोकमा, तुल्सीपुरको आयोजनामा तुल्सीपुरको काग्रेस क्षेत्रीय पार्टी कार्यालयमा बंगलाचुलीको कमिरेचौरको शहिद चोकमा, लमहीको लमही बजारमा, राप्तिको श्रीनाराण चोकमा, गढवाको गढवा बजारमा, बबईको हापुरेमा, शान्तिनगरको बिपी मावि बयालेमा, दंगीशरणको हेकुलीमा र नेपाल शिक्षक संघ राजपुरको आयोजनामा देउखुरीको बेला चोकमा दिप प्रज्वलन गरिएको जिल्ला सदस्य शर्माले जानकारी दिनुभयो ।
स्थापना दिवसका अवसरमा भएको दीप प्रज्वलन कार्यक्रममा संघमा आवद्ध शिक्षक तथा पूर्व शिक्षकहरुलाई आफू अनुकुल स्थानमा सहभागि भएका थिए ।
यसैबीच नेपाल शिक्षक संघ दाङले आउँदो शनिवार जेठ ३ गते आफ्नो ३६ औं स्थापना दिवसका अवसरमा अन्य कार्यक्रम मनाउने तय गरेको छ । स्थापना दिवश बैशाख ३० गते भएतापनि विद्यार्थीहरुको पठनपाठनलाई मध्यनजर गर्दै जेठ ३ गते शनिबारका दिन स्थापना दिवसका अन्य कार्यक्रम मनाउने निर्णय गरेको हो । स्थापना दिवसका अवसरमा संघले २०८१ बैशाख १ गतेदेखी चैत्र मसान्तसम्म सेवानिवृत्त एवं स्वेच्छिक अवकास लिनुभएका नेपाल शिक्षक संघमा आवद्ध शिक्षकहरुलाई सम्मान गर्ने र बृहत् रक्तदान कार्यक्रम संचालन गर्ने, पूर्व शिक्षक एवं शिक्षाप्रेमीको रुपमा डिल्लीबहादुर डाँगी र प्रजातन्त्र सेनानीको रुपमा शिक्षक संघ दाङका पूर्व कोषाध्यक्ष तथा प्रजातन्त्र सेनानी संघ दाङका अध्यक्ष हरि सुवेदी जरालाई सम्मान गर्ने भएको छ । स्थापना दिवसका अवसरमा आगामी शनिवार घोराहीमा हुने कार्यक्रममा उपस्थितिको लागि संघका जिल्ला अध्यक्ष डाँगीले संघमा आवद्ध सवै शिक्षकलाई अनुरोध गर्नु भएको छ ।
