July 13, 2026

हेमराज शर्मा
दाङ, बैशाख ३० । नेपाल शिक्षक संघको ३६ औं स्थापना दिवसका अवसरमा दाङमा दीप प्रज्वलन गरिने भएको छ । संघको स्थापना दिवसका अवसरमा दाङमा बेलुकी दिप प्रज्वलन गरिने कार्यक्रम तय भएको नेपाल शिक्षक संघ दाङक अध्यक्ष प्रकाश डाँगीले जानकारी दिनुभयो ।
स्थापना दिवसका अवसरमा दाङका शिक्षक संघका दश वटै पालिकाका स्थानीय संघको आयोजनामा बेलुकी दिप प्रज्वलन गरिने भएको छ । शिक्षक संघको दाङको आह्वानमा सवै पालिकाका स्थानीय संघले बेलुकी दिप प्रज्वलन गर्ने अध्यक्ष डाँगीले जानकारी दिनुभयो ।
नेपाल शिक्षक संघ दाङ र घोराही स्थानीय संघको सम्युक्त आयोजनामा घोराहीको वि.पि. चोकमा, तुल्सीपुरको आयोजनामा तुल्सीपुरको विपि चोकमा, बंगलाचुलीको कमिरेचौरको शहिद चोकमा, लमहीको लमही बजारमा, राप्तिको श्रीनाराण चोकमा, गढवाको गढवा बजारमा, बबईको हापुरेमा, शान्तिनगरको बिपी मावि बयालेमा, दंगीशरणको हेकुलीमा र नेपाल शिक्षक संघ राजपुरको आयोजनामा देउखुरीको बेला चोकमा लगायतका स्थानमा स्थापना दिवसका अवसरमा दिप प्रज्वलन हुन लागेको नेपाल शक्षक संघ दाङले स्थापना दिवस मनाउनका लागि गठन गरेको कार्यक्रम तयारी समितिका सदस्य एंव नेपाल शिक्षक संघ दाङका सदस्य बालचन्द्र शर्माले जानकारी दिनुभयो ।
स्थापना दिवसका अवसरमा हुने दीप प्रज्वलन कार्यक्रममा संघमा आवद्ध शिक्षक तथा पूर्व शिक्षकहरुलाई आफू अनुकुल स्थानमा सहभागि भई कार्यक्रमलाई सहभागी भई कार्यक्रमलाई सफल पार्न समेत जिल्ला अध्यक्ष प्रकाश डाँगीले अनुरोध गर्नु भएको छ । स्थापना दिवसका अवसरमा हुने दीप प्रज्वलन कार्यक्रममा संघका पदाधिकारी तथा नेतृत्व, संघमा आवद्ध शिक्षक, पूर्व शिक्षक लगायत सम्वद्ध सवैलाई सहभागि गराई कार्यक्रमा सफल बनाउन दाङका १० वटै संघका स्थानीय समितिलाई निर्देशन गरिएको संघका अध्यक्ष डाँगीले जानकारी दिनुभयो ।
यसैबीच नेपाल शिक्षक संघ दाङले आउँदो शनिवार जेठ ३ गते आफ्नो ३६ औं स्थापना दिवसका अवसरमा अन्य कार्यक्रम मनाउने तय गरेको छ । स्थापना दिवश बैशाख ३० गते भएतापनि विद्यार्थीहरुको पठनपाठनलाई मध्यनजर गर्दै जेठ ३ गते शनिबारका दिन स्थापना दिवसका अन्य कार्यक्रम मनाउने निर्णय गरेको हो । स्थापना दिवसका अवसरमा संघले २०८१ बैशाख १ गतेदेखी चैत्र मसान्तसम्म सेवानिवृत्त एवं स्वेच्छिक अवकास लिनुभएका नेपाल शिक्षक संघमा आवद्ध शिक्षकहरुलाई सम्मान गर्ने र बृहत् रक्तदान कार्यक्रम संचालन गर्ने, पूर्व शिक्षक एवं शिक्षाप्रेमीको रुपमा डिल्लीबहादुर डाँगी र प्रजातन्त्र सेनानीको रुपमा शिक्षक संघ दाङका पूर्व कोषाध्यक्ष तथा प्रजातन्त्र सेनानी संघ दाङका अध्यक्ष हरि सुवेदी जरालाई सम्मान गर्ने भएको छ । स्थापना दिवसका अवसरमा आगामी शनिवार घोराहीमा हुने कार्यक्रममा उपस्थितिको लागि संघका जिल्ला अध्यक्ष डाँगीले संघमा आवद्ध सवै शिक्षकलाई अनुरोध गर्नु भएको छ ।

Facebook Notice for EU! You need to login to view and post FB Comments!

About The Author

Leave a Reply

Your email address will not be published. Required fields are marked *