September 10, 2026

Oplus_131072

काठमाडौँ : नेपाली गित संगीतको बजारमा एउटा फरक शैलिको म्युजिक भिडियो ‘कुरै खलास’ सार्वजनिक भएको छ । लोक र आधुनिक संगीतको उत्कृष्ट संयोजन प्रस्तुत गरिएको यस गीतले छोटो समयमै दर्शक तथा श्रोताको ध्यान तान्न सफल भएको छ । गितलाई टिकटकमा समेत दर्शकहरुले रुचाइरहेका छन ।

कृष्ण रेउले युट्युव च्यानलमा सार्वजनिक भएको गितमा कृष्ण रेउले, एलिना चौहान र रेश्मा पुनको सशक्त स्वर रहेको छ । सुकदेव अधिकारी, रुपी सिञ्जाली र प्रेमा राणाले समूह भोकलमार्फत गीतलाई अझ सजीव बनाएका छन्।
गीतका सर्जक मनजित पुन, संगीतकार ऋषि खड्का, र संगीत एरेन्जर बिमल छिनाल हुन्।
गीतको रेकर्डिङ गतिशील स्टुडियोमा गरिएको हो, जसमा लक्ष्मण विश्वकर्मा रेकर्डिस्टका रूपमा रहेका छन्। हेमन्त कान्छा रसाइलीले सारंगी वादन गरेका छन्।

भिडियोलाई बिक्रम चौहानले निर्देशन गरेका हुन्।
भिडियोमा चर्चीत नायिका प्रियंका कार्की, कृष्ण रेउले, बिमल अधिकारी, विक्रम बुढाथोकी, विजय पुन, करिश्मा शाही, र जोयम पुनको अभिनय देख्न सकिन्छ।

छायांकन अजय रेग्मी गरेका छन् भने सम्पादन र रंग संयोजन विकास ज्ञवालीले गरेका हुन्। कोरियोग्राफी युमी बालामीले गरेका छन् ।
भिडियोलाई दर्शकले युट्युबमा हेर्न सक्नेछन्।
हेर्नुहोस् ‘कुरै खलास’ म्युजिक भिडियोः

https://m.youtube.com/watch?v=-ZCnsmUy1JQ

About The Author

Leave a Reply

Your email address will not be published. Required fields are marked *