
कृष्ण अधिकारी

दंगीशरण बैशाख १७
दंगीशरण गाउँपालिकाले सिप सिकौ आत्मनिर्भर बनौ भन्ने उदेश्यसहित महिलाहरुकालगि १३ घण्टाको ड्राइभिङ तालिम सम्पन्न गरेकोछ ।
दंगीशरण गाउँपालिकाको आर्थिकबर्ष २०८१/८२ को स्विकृत वार्षिक कार्यक्रम अनुसार महिलाहरुका लागि ड्राइभिङ तालिमको आयोजना गरीएको गाउँपालिका उपाध्यक्ष पिमा वलि खड्काले बताइन।
महिलाहरुले पनि सिप सिक्न पाए ड्राइभिङ गर्नसक्छ्न भन्ने कुरालाइ प्रमाणित गर्नपनि यस बर्ष १० जना महिलाहरुलाइ सिप सिकाइ आत्मनिर्भर बनाउन तालिम संचालन गरीएको उपाध्यक्ष खड्काको भनाइछ ।महिलाहरुका लागि ड्राइभिङ तालिम प्रदानगर्ने दंगीशरण गाउँपालिका दाङ जिल्लामै पहिलो गाउँपालिका रहेको दावि गरिन ।
समापन अवसरमा बोल्दै दंगीशरण गाउँपालिका अध्यक्ष शम्भु गिरीले आफु निर्वाचित भएर आएपस्चात महिलाहरुको हकहितका लागि थुप्रै कार्यक्रमहरु अगाडि बढाएको बताए ।

पुरुषसरह महिलाहरुपनि सक्षम हुन्छन भन्ने उदाहरणका लागि महिलाहरूका लागि ड्राइभिङ तालिम आयोजना गरीएको बताए।
एस्तै अध्यक्ष गिरीले तालिममा सिकेको कुरालाइ व्यबहारमा उतार्न आग्रहगरे ।
सिपसिकेको ब्यक्ती कहिलेपनि पछिनपर्ने भएकोहुदा सवैमा सिप हासिलगर्न र त्यसतर्फ जोडिन आग्रहगरे ।
सेफ वए तुलसिपुर ड्राइभिङ सेन्टरले तालिम प्रदान गरेको महिला बालबालिका साखा प्रमुख सुनकुमारी घर्तीले बताइन ।
समापन कार्यक्रम दंगीशरण गाउँपालिका उपाध्यक्ष पिमा वलि खड्काको अध्यक्षता,गाउँपालिका अध्यक्ष शम्भु गिरीको प्रमुख आथित्यता तथा गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत कर्ण बहादुर नेपालिको बिशिस्ट आथित्यतामा भएकोथियो ।
तालिममा सहभागीहरुलाइ प्रमाणपत्र समेत प्रदान गरीएकोथियो ।
महिला बालबालिका साखाप्रमुख सुन कुमारी घर्तीको स्वागत मन्तब्यवाट शुरुभएको कार्यक्रमको सहजीकरण सेफ वए ड्राइभिङ सेन्टरका सन्चालक अरुण लहरे ले गरेका थिए ।
