July 14, 2026

Oplus_131072

कालिकोट, ८ वैशाख।
कालिकोट जिल्लाको पलाँता गाउँपालिकामा गएराति एक ट्याक्टर दुर्घटना हुँदा चार जनाको ज्यान गएको छ। थिर्पुबाट खिनतर्फ गइरहेको खाद्यान्न तथा खुद्रा सामान बोकेको ट्याक्टर पलाँता–२, लार्फा ठाँटीडाँडाको भीत्रि सडकखण्डमा दुर्घटनाग्रस्त भएको हो।

करिब राती १० बजे भएको दुर्घटनामा ट्याक्टर करिब १०० मिटर तल खसेको प्रमुख जिल्ला अधिकारी नारायणप्रसाद भट्टराईले जानकारी दिनुभयो।

ज्यान गुमाउनेमा पलाँता–५ की ३२ वर्षीया अम्मा शाही, वडा नम्बर ४ की ३८ वर्षीया सदु बुढा, २३ वर्षीय रविन्द्र विश्वकर्मा तथा ट्याक्टर चालक मुगु खत्याडका चन्द्रप्रकाश रोकाया रहेका छन्।

जिल्ला प्रहरी कार्यालय कालिकोटका अनुसार घटनास्थलमै चालकसहित सबै चार जनाको मृत्यु भएको पुष्टि गरिएको छ।

Facebook Notice for EU! You need to login to view and post FB Comments!

About The Author

Leave a Reply

Your email address will not be published. Required fields are marked *