July 16, 2026

फाल्गुण १३: दाङ महाशिवरात्रीको पूर्व सन्ध्यामा तुलसीपुर मोबाइल तथा इलेक्ट्रोनिक्स व्यवसाय समितिले तुलसीपुर १२ सितलपुरमा रहेको सिद्धेश्वर शिव मन्दिर परिसरमा सरसफाई एवं डस्टबिन वितरण गरेको छ। एक कार्यक्रमको आयोजना गरी मन्दिर परिसदलाई सरसफाई एवं ध्वजा पतङ्ग टाँगी चिटिक्क पारीयको छ। भोलि हुन गइरहेको शिवरात्रीको मेलालाई मध्यनजर गर्दै मन्दिर सरसफाई तथा सजाउने काम गरिएको हो। मोबाइल व्यवसाय समितिका अध्यक्ष थुमन विश्वकर्मा शीतलको सभापतित्व तथा मन्दिर व्यवस्थापन समितिका अध्यक्ष दिल्ली बहादुर बस्नेतको अध्यक्षतामा कार्यक्रममा सम्पन्न भएको थियो। संस्थाका निवर्तमान अध्यक्ष सुरज भण्डारीको स्वागत मन्तव्यबाट कार्यक्रम सुरु भएको थियो। भण्डारीले मन्दिर व्यवस्थापनमा आफूहरू सधै खटिने प्रतिबद्धता समेत जनाएका थिए।

मन्दिर व्यवस्थापन समितिका अध्यक्ष दिल्ली बहादुर बस्नेतले तुलसीपुर मोबाइल तथा इलेक्ट्रोनिक्स व्यवसाय समितिलाई हृदयदेखि नै धन्यवाद समेत व्यक्त गरेका थिए। मन्दिर परिसरमा आएर सामाजिक कार्य गरेको भन्दै तुलसीपुर मोबाइल तथा इलेक्ट्रोनिक व्यवसायी समितिलाई धन्यवाद दिएका थिए। आफुहरु अबका दिनदेखि सहकार्य गरेर केही कार्यक्रम गर्ने योजनामा रहेको समेत उनले बताएका थिए भने कार्यक्रमको सहजीकरण संस्थाका महासचिव नवीन ओली गरेका थिए।

About The Author

Leave a Reply

Your email address will not be published. Required fields are marked *