July 16, 2026

१३ फल्गुण २०८१

पुर्ण बोहरा

दाङ :सेना दिवस र शिवरात्रीको पुर्व-सन्ध्यामा १९ न. बाहिनी,तुलसीपुर दाङ र रणसिंह दल घोराही, दाङको आयोजना रहेको बृहत फोटो प्रदर्शनी कार्यक्रममा मिड वेस्ट प्वाइन्ट एकेडेमी, दाङको लगायत थुप्रै विद्यालयको संलग्नता रहेको थियो। उक्त प्रदर्शनीमा विपत व्यवस्थापन,राष्ट्र विकास,देशभक्ति,सेना भर्ना प्रक्रिया सम्बन्धी तस्वीरहरु राखिएको थियो।


साथसाथै मिड वेस्ट प्वाइन्ट एकेडमी,दाङका विद्यार्थीहरुले(NCC Cadets) बबई गाउँपालिका-६, चिसापानी, दाङमा रहेको श्री भगवान त्रिपुरेश्वर महादेव मन्दिरको सरसफाइ गरेका छन्। शिवरात्रीको पुर्वसन्ध्यामा संचालित उक्त सरसफाइ कार्यक्रममा मन्दिर व्यवस्थापन समितिका सचीव दिपेन्द्र बहादुर डागी क्षेत्री र छात्रा करुणा डागीले यस्ता सामाजिक कार्यले आफ्नो अनुशासन, समर्पण र समाजप्रति उत्तरदायित्वको भावनालाई अझ दृढ बनाएको कुरा आफ्ना मन्तव्यमा व्यक्त गरेका थिए

About The Author

Leave a Reply

Your email address will not be published. Required fields are marked *