July 18, 2026

कृष्ण अधिकारी
तुलसीपुर,२० माघ
दाङको तुलसीपुरमा फागुन १ गतेदेखि महोत्सव लाग्ने भएको छ। तुलसीपुर चेम्बर अफ कमर्सको आयोजनामा फागुन १ गतेदेखि १६ गतेसम्म दोस्रो तुलसीपुर महोत्सव सञ्चालन हुने भएको हो। आइतबार आयोजकले तुलसीपुरमा पत्रकार सम्मेलनको आयोजना गरी महोत्सवको बारेमा जानकारी दिएको हो। तुलसीपुर चेम्बर अफ कमर्सका अध्यक्ष ऋषिराज भण्डारीले अनुसार कृषि, पर्यटन, संस्कृतिक तथा व्यापार प्रबर्दन गर्नकालागि महोत्सव सञ्चालन गर्न लागेको जानकारी दिनुभएकाे थियो । महोत्सवबाट ३ करोडको कारोबार गर्ने लक्ष्य राखिएको छ । जसबाट भएको बचतले आफ्नो जग्गा किन्ने र भवन बनाउने लक्ष्य रहेको छ । स्थानीय व्यावसायी, स्थानीय कृषि र कलालाई प्राथामिकता दिने उहाँले बताउनुभएकाे थियो। महोत्सव लगाउन उपमहानगरपालिकाले यो पटक २५ लाख राजश्व लिएको र सरसफाई शुल्क थप ५० हजार लिएको जानकारी दिनुभयो । तर, पछि बिधान परिवर्तन गरेर शूल्क घटाईएमा मान्य नहुँने उल्लेख गर्नुभएकाे थियो । उपाध्यक्ष सन्तोष खड्काले स्वागत मन्तब्य ब्यक्त गरेको कार्यक्रमको सहजीकरण महासचिब दुर्गा शर्माले गर्नु भएको थियो । महोत्सवमा तीनसय बढि स्टल हुनेछन् ।

यसैगरी स्थानिय तथा राष्ट्रिय कलाकारहरुको प्रस्तुती रहने छ । महोत्सव उद्घाटनको दिन र्याली निकाल्ने र सो ¥यालीमा सहभागिता जनाउने समुह मध्ये मूल्यांकन कर्ता राखेर राम्रो झाँकी प्रदर्शन गर्ने ५ समुह छनोट गरेर राशि सहित पुरस्कार दिने जानकारी आयोजकले दिएको छ ।

About The Author

Leave a Reply

Your email address will not be published. Required fields are marked *