July 18, 2026


तुलसीपुर, माघ १९
‘पूर्णखोप सुनिश्चितता, हाम्रो प्रतिबद्धता’ भन्ने नारा सहित महिलाहरूमा हुने पाठेघरको मुखमा हुने क्यान्सर रोग बाट बचाउन यहि माघ २२ गते देखि देशभरका किशोरीहरूलाई एच.पि.भी खोप लगाइने भएको छ । राष्ट्रिय खोप अभियान अन्तर्गत तुलसीपुर उपमहानगर पालिकाका विद्यालयमा अध्ययनरत कक्षा ६ देखि १० सम्म अध्ययनरत तथा विद्यालय नजाने १० बर्ष देखि १४ बर्ष उमेर समुहका किशोरीहरूलाई एच.पि.भी खोप लगाइने भएको हो ।
आउँदो २० देखि ३० बर्ष भित्र नेपालका महिलाहरुलाई पाठेघरको मुखको क्यान्सर रोग मुक्त बनाउने उद्देश्य सहित यो अभियान सुरू गरिएको हो ।
महिलाहरूको पाठेघरको मुखमा ह्युमन प्यापिलोमा नामको भाइरसको संक्रमणको कारण क्यान्सर हुने गर्दछ जसलाई एच.पि.भी भाइरस भन्ने गरिन्छ ।
यहि माघ २२ गते अर्थात फ्रेब्रुअरी ४ मा विश्व क्यान्सर दिवसको दिन बाट यस बर्षको एच.पि.भी खोप अभियानको शुभारम्भ गरिने भएको छ । माघ २२ गते देखि सुरू हुने खोप अभियान फागुन ६ गते सम्म सन्चालन हुनेछ ।

About The Author

Leave a Reply

Your email address will not be published. Required fields are marked *