July 18, 2026


नवलपरासी–लुम्बिनी प्रदेशका मुख्यमन्त्री चेतनारायण आचार्यले खेलक्षेत्रमा उत्कृष्ठता हाँसिल गर्नेहरुकालागि अवसरको कमी नभएको बताउनु भएको छ । सुनवल नगरपालिका स्तरीय चौथो राष्ट्रपती रनिङ्ग शिल्ड प्रतियोगीताको रमवापुर माध्यमिक विद्यालयमा बुधवार उद्घाटन गर्दै मुख्यमन्त्री आचार्यले खेल क्षेत्रमा उत्कृष्ठता हाँसिल गर्नेहरुलाई अवसरको कमि नरहेको बताउनु भएको हो ।
सरकारले खेल क्षेत्रको पूर्वाधार विकासदेखी विद्यालय तहबाछ खेलाडी उत्पादन गर्ने काममा प्राथमिकतामा राखेर काम गरिरहेको स्पष्ट पार्नु भएको हो ।‘कुनै समय थियो खेल भनेपछी अभिभावक पनि टाढिने, घरबाट समेत अवसर नदिने अवस्था थियो । तर, अहिले त्यस्तो छैन । समय फेरिएको छ । खेल क्षेत्रमा प्रसस्त अवसरहरु छन’उहाँले भन्नुभयो,‘सरकारलेनै खेल क्षेत्रलाई प्राथमिकतामा राखेर काम गरिरहेको छ ।’ सबै खेल विधालाई सरकारले समानरुपमा प्राथमिकतामा राखेर अघि बढाइरहेको समेत बताउनु भयो ।‘देशको पहिचान र चिनारी खेल क्षेत्रले दिएको छ । विश्वजगतमा नेपालको नाम अव खेलकुदबाट चिनिन थालेको छ । यो सुखद बिषय हो’उहाँले भन्नुभयो,‘राष्ट्रिय र अन्तर्राष्ट्रिय तहमा चर्चा हुन थालेको छ ।’


तीन तहका सरकारले खेल क्षेत्रको समान विकास गर्न प्राथमिकताका साथ काम गरिरहेको भनाई उहाँको छ । खेलको माध्यमबाट पर्यटकहरु भित्र्याउन सकिने र त्यसले आर्थिक विकासमा समेत योगदान गर्ने बताउनु भयो ।‘अहिले खेलको माध्यमबाट पर्यटकहरु नेपाल भित्रिने क्रम बढेको छ । यो सुखद बिषय हो’उहाँले भन्नुभयो,‘खेलाडि विद्यार्थीहरु उच्च मनोबलका साथ अघि बढ्न जरुरी छ ।’
विद्यालय तहबाटै खेलाडी उत्पादनकालागि राष्ट्रपती रनिङ्ग शिल्ड प्रतियोगिताले महत्वपूर्ण योगदान पु¥याएको चर्चा गर्नु भयो । रमवापुर माध्यमिक विद्यालयले गुणस्तरीय शिक्षा प्रदान गर्न महत्वपूर्ण योगदान पु¥याएको र अन्य विद्यालयहरुकोलागि स्रोतकेन्द्रको रुपमा स्थापित भएको बताउनु भयो । विद्यालय व्यवस्थापन समितिका कार्यवहाक अध्यक्ष सालिकराम साप्कोटाको अध्यक्षता तथा मुख्यमन्त्री चेतनारायण आचार्यको प्रमुख आतिथ्यतामा सम्पन्न उद्घाटन कार्यक्रममा पूर्व मन्त्री तथा प्रदेश सभा सदस्य खड्ग बस्नेत लगायतको उपस्थिती थियो ।

About The Author

Leave a Reply

Your email address will not be published. Required fields are marked *