July 18, 2026

तुलसीपुरमा घरको छतबाट खसेर एकजनाको मृत्यु भएको छ । मृत्यु हुनेमा तुलसीपुर–७ नवरपुर निवासी अन्दाजी २७ बर्षीय सन्तोष चौधरी रहेको इलाका प्रहरी कार्यालय तुलसीपुरका प्रहरी निरीक्षक बिनोदराज खत्रीले जानकारी दिनुभयो । उहाँका अनुसार हिजो सोमबार साँझ ५ बजेको समयमा तुलसीपुर–४ बनहरीस्थित सुभान पुनको घर बनाउने क्रममा दुइतला माथीबाट खसेर चौधरी गम्भिर घाइते हुनुभएको थियो ।

About The Author

Leave a Reply

Your email address will not be published. Required fields are marked *