September 10, 2026

पुस २७
विशाल परियार
छिल्लिकोटमा १ करोड ६५ लाखको लागतमा निर्माण गरिएको जिपलाइनले पश्चिम नेपालको पर्यटनमा नयाँ आयाम थप्ने भएको छ। संचालक श्रीधर न्यौपानेकन अनुसार निर्माण कार्य सम्पन्न हुँदासम्म यो परियोजनाको लागत २ करोडभन्दा माथि पुग्ने अपेक्षा गरिएको छ।
जिपलाइनको कुल दूरी ११०० मिटर रहेको छ। जसले यसलाई पश्चिम नेपालको सबैभन्दा लामो जिपलाइन बनाएको छ। यसके टेक अफ र ल्याण्डिङ टावरहरू १३२ डिग्री एलिभेसनमा अवस्थित रहेका छन्। यस संरचनामा प्रयोग भएका सामग्रीहरू अमेरिकन प्रविधिबाट निर्मित भएकाले सुरक्षामा पनि विशेष ध्यान दिइएको छ।


छिल्लिकोट जिपलाइनले पर्यटकहरूलाई मालिका कालिका मन्दिरको दर्शन, छिल्लिकोट दरबारको भग्नावशेष, हिमशृङ्खलाको सुन्दर दृश्यावलोकन, र सुगन्धित कोकिला वनको रमणीय दृश्य र वातावरणको अवलोकन गराउन सक्षम रहेकाे छ। यसले साहसिक खेलप्रेमीहरूका लागि नयाँ आकर्षण प्रदान गर्नेछ। साथै, पर्यटन प्रवर्द्धनका लागि जिपलाइनसँगै होमस्टे सेवाको पनि सुरुवात गरिने भएको छ। यसले पर्यटकहरूलाई स्थानीय संस्कृति, रहन-सहन, र खानाको अनुभव गर्न मौका दिनेछ। स्थानीय समुदायको आर्थिक अवस्थामा सकारात्मक प्रभाव पार्ने विश्वासका साथ यो परियोजना अघि बढाइएको हाे। छिल्लिकोटको यो जिपलाइन, साहसिक पर्यटकहरूको लागि एक प्रमुख गन्तव्य बन्ने अपेक्षा गरिएको छ।परियोजनाको सफलताले स्थानीय पर्यटनलाई नयाँ गन्तव्यको रूपमा उचाइमा पुर्‍याउने लक्ष्य राखिएको छ।

About The Author

Leave a Reply

Your email address will not be published. Required fields are marked *