July 15, 2026

तुलसीपुर, ५ कात्तिक ।  दाङको तुलसीपुरमा अबैध रुपमा नदी जन्य पदार्थ (ढुंगा) उत्खनन् गर्ने १३ वटा ट्याक्टरलाई प्रहरीले नियन्त्रणमा लिइएको छ । आज हिजो दिउसो १२ बजेको समयमा तुलसीपुर १२ र १६ मा पर्ने ग्वारखोलामा उत्खनन् गरिरहेका १२ वटा र तुलसीपुर–३ को पातुखोलामा उत्खनन् गरिरहेको एउटा गरी जम्मा १३ वटा ट्याक्टरलार्इ नियन्त्रणमा लिईएको इलाका प्रहरी कार्यालय तुलसीपुरका प्रहरी निरीक्षक प्रकाश थापाले जानकारी दिनुभयो । उहाँका अनुसार नियन्त्रणमा लिइएका ट्याक्टरलाई आवश्यक कारवाहीका लागि तुलसीपुर उपमहानगरपालिकाको जिम्मा लगाइएको छ ।

About The Author

Leave a Reply

Your email address will not be published. Required fields are marked *