तुलसीपुर, ४ कात्तिक ।
साहित्य सौजन्यमालाको २७७ औं श्रृङ्खला तुलसीपुरको कमलपोखरी योग साधना केन्द्रमा सम्पन्न भएको छ । हरेक श्रृङ्खला विभिन्न स्थानमा हुने क्रममा आज तुलसीपुरको रजौरा स्थित कमलपोखरी साधना केन्द्रको हलमा करीब ५० भन्दा बढि स्रस्टाहरुको सहभागीता मा कार्यक्रम सम्पन्न भएको हो ।
साहियमाला कार्यक्रममा ८६ बर्षका लक्ष्मी नारायण शर्मा ज्ञवाली ले आफ्नो प्रस्तुति दिदै साहित्य भन्ने कुरा जति लेख्यो उति प्रस्फुटन हुन्छ भदै आफ्नो प्रस्तुति दिनु भएको थियो । कार्यक्रममा नबराज रजौरे,देबराज आचार्य , निर्मला डिसी, स्मृति योगी, खगराज भट्टराई , बामदेब बिस्ट, दिपक न्यौपाने,बलदेब रजौरे जानुका रेग्मी लगायतका स्रस्टाहरुले आ-आफ्नो साहित्यीक रचनाहरु वाचन गरेका थिए। साथै साहित्य मालाको आगामी श्रृङ्खला कमल रिसोट गोलौरामा हुने कार्यक्रममा जानकारी दिइएको थियो ।
साहित्य सौजन्यमालाको २७७ औ मालाको संयोजक डिल्लीराज रेग्मीको अध्यक्षतामा कार्यक्रम सम्पन्न भएको हो
