July 14, 2026

तुलसीपुर, ४ कात्तिक । आध्यात्मिक मोटिभेटर डा. जेपी अग्रवालले आमाको गर्भमा छदाँ गरेको गर्भ ज्ञानलाई नजप्दा मानव दुःखी भएको बताउनुभयो । नेपाल मानव धर्म सेवा समितिले दाङको तुलसीपुरमा आयोजना गरेको आध्यात्मिक विज्ञान कार्यक्रमलाई प्रमुख वक्ताको रुपमा सम्बोधन गर्दै उहाँले गर्भमा गरेको ज्ञानलाई रिस्टार्ट गर्न आग्रह गर्नुभयो । जन्मदेखि सक्रिय भएको दायाँ ब्रेन १२ वर्षपछि  विस्तारै निष्कृय हुँदै जान्छ र त्यसपछि बायाँ ब्रेन सक्रिय हुन्छ । जसले मानवलाई दुःखी बनाउँछ । तर गर्भको ज्ञानलाई जप्दा त्यसले दाहिने ब्रेनलाई सक्रिय बनाउँछ र बायाँ र दायाँ ब्रेन सक्रिय भयो भने मानिसको जीवन सुखी र खुशी हुन्छ ।’ डा. अग्रवालले भन्नुभयो ।  गर्भमा सिकेको कुरालाई पुन रिस्टार्ट गर्नका लागि १२ वर्षको उमेरमा उपनयन संस्कार अर्थात व्रतबन्धको परम्परा रहेपनि ब्राह्‍मणले त्यसलाई प्रयाक्टीकल रुपमा बोध गराउन नसक्दा व्रतबन्धमा नै  सीमित रहेको बताउनुभयो ।

आध्यात्मिक चिन्तनले मानिसको जीवन नै परिवर्तन हुने बताउँदै डा. अग्रवालले समयमै आध्यात्मिक बाटोलाई आत्मसाथ गरेमा व्यक्ति, परिवार, समाज र देशका नागरिक सुखी, खुशी हुनुका साथै समृद्धिको यात्राले गतिलिने उहाँले बताउनुभयो ।  कार्यक्रममा प्रमुख अतिथि तुलसीपुर उपमहानगरपालिका नगर प्रमुख टीकाराम खड्काले अध्यात्म र विज्ञानलाई संगै  जोडेर लैजानुपर्नेमा बताउनुभयो । समाज रूपान्तरणका लागि हरेक व्यक्तिमा सकारात्मक सोचको विकास हुन जरुरी रहेको बताउँदै उहाँले त्यसका लागि आध्यात्मिक र विज्ञानको  विकल्पन नभएको बताउनुभयो । नेपाल मानव धर्म सेवा समितिका राप्ती भेरी प्रभारी चाँदना बाइजीको अध्यक्षतामा भएको कार्यक्रमको सहजीकरण शिक्षक खगेन्द्र काफ्लेले गर्नुभएको थियो भने स्वागत मन्तव्य सचिव चन्द्रबहादुर वलीले गर्नु भएको थियो ।  सो अवसर चेम्बर अफ कमर्सका केन्द्रिय सदस्य टोपबहादुर घर्तीले डा. अग्रवाललाई मायाको चिनो प्रदान गर्नुभएको थियो । 

Facebook Notice for EU! You need to login to view and post FB Comments!

About The Author

Leave a Reply

Your email address will not be published. Required fields are marked *