July 14, 2026

घोराही २६ असोज । गुरुकुल एकेडेमी दाङले नि:शुल्क यातायात सेवा प्रदान गर्ने भएको छ । विजयादशमीको अवसरमा सर्वसाधारणको लागि नि:शुल्क यातायात सेवा प्रदान गर्ने भएको हो

बडादशैको दिन सार्वजनिक सवारी साधन कम मात्रामा चल्ने र यात्रुको चाँप धेरै हुने भएकाले उनीहरूको सहजताका लागि समाजसँग गुरुकुल भन्ने नारा सहित विद्यालयले सर्वसाधारणको लागि नि:शुल्क रुपमा यातायात सेवा प्रदान गर्न लागेको गुरुकुल एकेडेमीका अध्यक्ष ई. अनन्तराज घिमिरेले जानकारी दिनुभएको छ । आज गुरुकुल एकेडेमी घोराहीबाट ३ वटा बस संचालन हुने छन भने तुल्सिपुरबाट २ वटा गरी जम्मा ५ वटा बसले नि:शुल्क रुपमा सेवा दिने छन । गुरुकुल एकेडेमी घोराहीका बसहरू घोराहीको तुलसीपुर चोक देखि नारायणपुरसम्म , तुलसीपुर चोक देखि गोग्लि सम्म र आर्मी ब्यारेक देखि दिपशिखा चोक सम्मको रुटमा चल्ने छन यो रुटमा यात्रा गर्ने यात्रुहरुले नि:शुल्क रुपमा सेवा लिन सक्ने विद्यालयले जनाएको छ ।

यसै गरी तुलसीपुरका बसहरू आँखा अस्पताल रक्षाचौर देखि शितलपुर सम्म र विद्युत कार्यालयदेखि दुधराससम्मको रुटमा बस चल्ने गुरुकुल एकेडेमी तुलसिपुरका प्रधानाध्यापक मुकुन्द गिरीले जानकारी दिनुभयो । दिँउसो १ बजे देखि साँझ ५ बजे सम्म बसहरू संचालन हुनेछन ।

Facebook Notice for EU! You need to login to view and post FB Comments!

About The Author

Leave a Reply

Your email address will not be published. Required fields are marked *