असोज २५
रोल्पाको त्रिवेणी गाउँपालिका ५ र ३ नम्बर वडामा महोत्सव लाग्ने भएपछि विवादमा तानिएको छ। एउटै गाउँपालिकामा दुईवटा महोत्सव एउटै मितिमा हुने भएपछि सबैमा जिज्ञासा बढ्न थालेको छ। पत्रकारले कागजात नहेरेर कसैको भनाइको आधारमा न्युज सम्प्रेषण नगर्न अनुरोध गरेका छन्। अहिले त्रिवेणी गाउँपालिका ५ जुगारमा रहेको त्रिवेणी स्पोटर्स क्लब र त्रिवेणी गाउँपालिका ३ लिङ्दुङमा रहेको सयपत्री सदाबहार युवा क्लबले महोत्सव लगाउने तयारी गरिरहेको आ-आफ्नो अभिव्यक्ति सार्वजनिक गरेका छन्। वडाबाट आएको सिफारिसलाई हेर्ने हो भने त्रिवेणी स्पोटर्स क्लब जुगारले २०८१/०६/१६ गते सिफारिस गरेको सिफारिस पत्रमा उल्लेख छ। त्यस्तै सयपत्री सदाबहार युवा क्लबले २०८१/०६/१८ गते सिफारिस गरेको पत्र अनुसार सिफारिस पत्रमा उल्लेख छ।
तर गाउँपालिकाले जिल्लालाई गरेको सिफारिस अनुसार २०८१/०६/१८ गते सयपत्री सदाबहार युवा क्लबलाई र त्रिवेणी स्पोर्ट्स क्लबलाई पनि २०८१/०६/१८ गते सिफारिस गरेको गाउँपालिकाको सिफारिस पत्रमा उल्लेख छ ।
जिल्ला प्रशासन कार्यालयबाट एउटै पालिकाभित्र एउटै समयमा लामो समयसम्म सञ्चालन हुने एक वा सोभन्दा धेरैवटा मेला वा महोत्सव सञ्चालन गर्दा शान्ति सुरक्षा पर्याप्त दिन नसकिने भएकोले स्थानीय आवश्यकता स्थानीय व्यक्तिहरूको आर्थिक हितका लागि उपयोग हुने खालका मेला महोत्सव सञ्चालन भएमा त्यस्ता कार्यक्रमहरुलाई सुरक्षा प्रदान गर्न सजिलो हुने भएकोले गाउँपालिकाबाट अनुमति प्रदान गर्दा सबै पक्षहरूमा ध्यान दिइ प्राथमिकताको आधारमा नदोहोरिने गरी पालोपालो मिलाई सञ्चालन गर्ने व्यवस्था गर्न जिल्ला प्रशासन कार्यालय रोल्पाले अनुरोध गरेको छ ।
प्राथमिकताको आधारमा महोत्सव लगाउँदा त्रिवेणी स्पोटर्स क्लब जुगार रहेको स्पष्ट पत्रमा पत्रको सिफारिसमा उल्लेख छ। किनकि सयपत्री सदाबहार युवा क्लब त्रिवेणी गाउँपालिका ३ लिङ्गदुङ रोल्पाले २०८१/०८२ को चलानी नम्बर अनुसार ३८३ मा काटेको छ ।

त्यस्तै त्रिवेणी स्पोर्ट्स क्लब जुगार रोल्पाले ३८२ चलानी नम्बरमा काटेको ले प्राथमिकता को आधारमा त्रिवेणी स्पोटर्स क्लब रहेको पत्रकार सम्मेलनमा त्रिवेणी स्पोटर्स क्लबका कार्यक्रम संयोजक दुर्योधन राणाले बताएका छन्।
महोत्सव सञ्चालन गर्नको लागि सामानहरू आइसकेको र कति सामानहरू आउन बाँकी रहेको पनि बताएका छन्। महोत्सवको तयारी भोलि टीका भएको कारण गर्न नसकिने भन्दै पर्सी आइतबारबाट महोत्सवको तयारी गर्ने कार्यक्रम संयोजकले बताएका छन्। स्थानीय सरकारले निकासी नदिए जिल्ला प्रशासनदेखि गृह मन्त्रालयसम्म धाउने बताएका छन्।
अहिले त्रिवेणी गाउँपालिकाले किन ? र कसका लागि दियो? भन्ने प्रश्न खडा भएको छ। एउटै गाउँपालिकामा दुईवटा महोत्सव सञ्चालनको तयारीमा लाग्दा महोत्सव नै अन्योलमा परेको छ।
