July 14, 2026

असोज २१

पुर्ण बोहरा

दाङ काे शान्तिनगर-७ खैरेनी स्थित मेड वेस्ट पोइन्ट एकेडेमीमा दशैं विशेष मिलन तथा शुभकामना आदानप्रदान कार्यक्रम सम्पन्न भएको छ। दशैं विशेष मिलन तथा शुभकामना आदानप्रदान कार्यक्रमकाे अवसरमा कक्षा नर्सरी देखि १० सम्म अध्ययनरत छात्र-छात्राहरु लाई विद्यालय व्यवस्थापन समितिका अध्यक्ष सुबोध कुमार डाँगी , प्रधानाध्यापक वीर बहादुर घर्ती र विद्यालयका सम्पूर्ण शिक्षक शिक्षिकाहरूले टिका र जमारा लगाएर दशैं र तिहारको शुभकामना दिनुभएको थियो।

दशैं विशेष मिलन तथा शुभकामना आदानप्रदान कार्यक्रमकाे सुबोध कुमार डाँगीले नेपालीहरूको कला, संस्कृति, परम्परा र रीतिरिवाज बारेमा विद्यार्थीलाई स्पष्ट पारेका थिए। त्यस्तै विद्यालयको प्रधानाध्यापक वीरबहादुर घर्तीले आजभोलि चाडबाडमा भएको विकृति विसंगति बारे सचेत गराउँदै विद्यार्थीहरूलाई स्पष्ट पारेका थिए। हामीले हाम्रा चाडबाडहरू आफ्नै नेपाली शैली र परम्परा अनुसार मनाउनुपर्ने कुरामा जोड दिएका थिए।

दशैं मिलन तथा शुभकामना आदानप्रदान कार्यक्रममा विद्यार्थीहरूलाई हाम्रो चाडबाड कसरी मनाउने ? नेपाली संस्कृति र परम्पराको महत्वबारे विद्यार्थीहरूमा राम्रो सन्देश दिएको कुरा शिक्षक दीपक ओली र शिक्षिका सुनिता डागीले बताएका छन्।

About The Author

Leave a Reply

Your email address will not be published. Required fields are marked *