July 14, 2026

तुलसीपुर, २० असोज ।  दाङको तुलसीपुरमा यात्रुबहाक हाइस दुर्घटना हुदा ६ जना घाइते भएका छन् । घाइते हुनेमा हाइस चालक रुकुम पश्चिमको मुसिकोट नगरपालिका–४ का २५ वर्षीय कुमार सन्यासी, हाइसमा सवार सल्यानको सारदा नगरपालिका–७ बस्ने २४ वर्षीया कल्पना चलाउने, उहाँकी ८ बर्षकी छोरी निर्मला चलाउने, बागचौर नगरपालिका–की २७ वर्षीया सपना चलाउने, सोही घरमा भाडामा बस्ने १२ वर्षीय रणविर नेपाली र जाजरकोटको भेरी नगरपालिका–४ घरभई जिल्ला प्रहरी कार्यालय सल्यानमा कार्यरत प्रहरी बरिष्ठ हवल्दार ३९ वर्षीय दुर्गा बहादुर बिक रहेको इलाका प्रहरी कार्यालय तुलसीपुरका सूचना अधिकारी तथा प्रहरी निरीक्षक प्रकाश थापाले जानकारी दिनुभयो । उहाँका अनुसार तुलसीपुरबाट रुकुम पश्चिमतर्फ जादै गरेको बा.प्र. ०३–००१ ज ७७२ नम्बरको चालकसहित ९ जना चढेको हाइस आज बिहान ७ बजेको समयमा तुलसीपुर–७ डाँडापातुमा अनियन्त्रित भएर सडक नजिकैको घरमा ठोक्किन दाजा दुर्घटना भएको हो । दुर्घटनामा परी घाइते भएकाहरुको अहिले राप्ती प्रादेशिक अस्पताल तुलसीपुरमा उपचार भइरहेको प्रहरीले जनाएको छ ।

About The Author

Leave a Reply

Your email address will not be published. Required fields are marked *