July 13, 2026


तुलसीपुर, १८ भदौ । दाङको तुलसीपुर–१० गोलौरीमा रहेको आचार्यकुलमले विद्यार्थीहरुलाई मादक पदार्थ सेवनको असर सम्बन्धि जानकारी गराएको छ । कुसे औसी अर्थात बुबाको मुख हेर्ने दिनको अवसरमा हिजो सोमबार एक कार्यक्रमका बिच विद्यार्थीलाई मादक पदार्थ सेवन गर्दा स्वास्थ्यमा हुने असरका बारेमा जानकारी गराएको हो । विद्यालयमा अध्यनरत विद्यार्थीका अभिभावकहरुलाई बोलाएर नाटकमार्फत यसबारे प्रशिक्षण दिएको आचार्यकुलम् दाङ का अध्यक्ष दीपक बस्यालले जानकारी दिनुभयो । उहाँका अनुसार यसले विद्यार्थीलगाएत अभिभावकहरुमा लागु औषध तथा मादक पदार्थ सेवनले गर्ने असरको बारेमा जानकारी हुने र यसको प्रयोग कम गर्नेतर्फ सचेत हुने अपेक्षा गरिएको छ । कमलपोखरी योग साधना केन्द्रको सहयोगमा नाटक प्रस्तुत गरिएको उहाँले बताउनुभयो । सो अवसरमा हवन नृत्यसमेत प्रस्तुत गरिएको थियो । आचार्यकुलम दाङका शिक्षा संयोजक देव बहादुर केसीलेको अध्यक्षता तथा पतञ्जली योग समिति लुम्बिनी प्रदेशका महासचिव घनश्याम अधिकारीको प्रमुख आथित्यतमा भएको कार्यक्रममा संस्कृत विश्व विद्यालयका प्रध्यापक निल प्रसाद सापकोटा, प्रीन्सिपल मिलन बुढाथोकी, दान बहादुर बुढाथोकी, दुर्गा भण्डारी, बलदेव रजौरे, नारायाण प्रसाद अधिकारीलगाएतको सहभागिता रहेको थियो ।
मेरो पद आचार्यकुलम् दाङ अध्यक्ष दीपक बस्यालल

About The Author

Leave a Reply

Your email address will not be published. Required fields are marked *