July 13, 2026

तुलसीपुर, १८ भदौ ।  दाङको तुलसीपुर–६ रजौरामा सञ्चालन भइरहेको प्रशिक्षण तालिमको समापन गरिएको छ । पतञ्जली योग समिति लुम्बिनी प्रदेशको आयोजनामा कमलपोखरी योग साधना केन्द्र रजौरामा भइरहेको १५ दिने सहयोग शिक्षक प्रशिक्षण कार्यक्रमको हिजो एक कार्यक्रमका बिच समापन गरिएको हो । कमलपोखरी योग साधना केन्द्रका अध्यक्ष बलदेव रजौरेको अध्यक्षतामा भएको समापन कार्यक्रममा प्रमुख अथिति पतञ्जली योग समिति लुम्बिनी प्रदेशका महामन्त्री घनश्याम अधिकारीले योग मानव जिवनका लागी अतिआवश्यक रहेको बताउनुभयो । योगले जिवनसैली परिवर्तनमा महत्वपुर्ण सहयोग पुर्याउने उहाँले बताउनुभयो । समापन कार्यक्रममा बोल्ने अन्य वक्ताहरुले पनि योग मानव जीवनको एक अभिन्न अंग भइसकेको भन्दै यसलाई प्रत्यक जनजनमा पुर्याउन आवश्याक रहेको बताएका थिए । सो अवसरमा १५ दिनसम्म निरन्तर प्रशिक्षणमा रहेका गुरुहरुलाई प्रशिक्षार्थीहरुको तर्फबाट मायाको चिनो प्रदान गरिएको थियो । कार्यक्रममा लुम्बिनी प्रदेश प्रशिक्षण विभाग प्रमुख तथा आचार्यकुलम दाङका संयोजक दीपक बस्याल, लुम्बिनी प्रदेश सोसल मिडिया प्रभारी अरुण कुमार श्रेष्ठ, लुम्बिनी प्रदेश सदस्य लक्ष्मी वली, दाङ जिल्ला सह–प्रभारी तथा १५ दिने सहयोग शिक्षक तालिमाका संयोजक विनोद चौधरी, दाङ जिल्ला स्वध्याय प्रभारी अञ्जना श्रेष्ठ, दाङ जिल्ला स्वागत प्रभारी प्रलाद शाह, दाङ जिल्ला सदस्य तथा तुलसीपुर सह–इन्चार्ज हरि कडेल, दाङ जिल्ला सदस्य टेक प्रकाश केसि, दाङ जिल्ला सदस्य टीका केसि, तुलसीपुर नगर महिला सह– प्रभारी करुणा केसीलगाएतको सहभागिता रहेको थियो । कार्यक्रमको सहजीकरण कमलपोखरी योग साधना केन्द्रका सचीव बामदेव बिष्टले गर्नुभएको थियो ।

Facebook Notice for EU! You need to login to view and post FB Comments!

About The Author

Leave a Reply

Your email address will not be published. Required fields are marked *