July 13, 2026

तुलसीपुर, १९ साउन ।
दाङको तुलसीपुरमा जिप र मोटरसाइकल ठोकिदा दुईजना घाइते भएका छन् । घाइते हुनेमा मोटरसाइकल चालक तुलसीपुर- ६ का १७ वर्षका रोचन बुढाथोकी र पछाडी सवार  तुलसीपुर- ११ का १८ वर्षका जिबराज बोहरा रहेको प्रहरीले जनाएको छ । 

घाइते दुबै जनाको राप्ती प्रादेशिक अस्पताल तुलसीपुरमा उपचार भइरहेको छ । रोचन र जिबराजको दुबै खुट्टामा चोट लागेको इलाका प्रहरी कार्यालय तुलसीपुरका प्रहरी निरिक्षक प्रकाश थापाले जानकारी दिनुभयो । 

बाहिनी चोकबाट एयरपोर्ट तर्फ जाँदै गरेको रा ९५ प ५४७० नम्बरको मोटरसाइकल र बिपरित दिशाबाट आएको रा १ च १४७७ नम्बरको  जिप एक आपसमा ठोकिको प्रहरी निरिक्षक थापाले बताउनुभयो । 

आज -(शनिबार) दिउँसो साढे १२ बजे तुलसीपुर ६ मदन आश्रितचोकमा दुर्घटना भएको प्रहरीले जनाएको छ । 

जिप चालक घोराही -१५ बस्ने ३९ बर्षका बिनोद कुमार पुनलाई प्रहरीले नियन्त्रणमा लिएको छ । 

About The Author

Leave a Reply

Your email address will not be published. Required fields are marked *