July 12, 2026

काठमाडौं, १० श्रावन ।  प्रेस काउन्सिल नेपालले आधिकारिक तथ्यको पुष्टी नगरी हतारमा भ्रम एवं उत्तेजना फैलाउने समाचार सम्प्रेषण नगर्न अपिल गरेको छ । हिजो भएको सौर्य एयरलाइन्सको जहाज दुर्घटनाका विषयमा हतारमा गलत समाचार सम्प्रेषण भएकोप्रति ध्यानाकर्षण गर्दै काउन्सिलले को छिटो हुने भन्ने होडबाजीमा गलत समाचार प्रकाशन भएको प्रति ध्यानाकर्षण भएको जनाएको हो । जहाज दुर्घटना भएको विषयमा विभिन्न सञ्चारमाध्यम तथा सामाजिक सञ्जालबाट जहाज कम्पनीको नाम, जहाजमा सवार यात्रु र दुर्घटनामा परी मृत्यु हुनेको सङ्ख्यासहित समाचार सम्प्रेषण गर्दा फरकफरक तथ्याङ्कसहित सामग्री सम्प्रेषण भएको एवं कतिपय सञ्चारमाध्यम तथा सामाजिक सञ्जालबाट दुर्घटनास्थलको विभत्स दृश्यसहित प्रत्यक्ष प्रसारणसमेत भएकोप्रति गम्भीर ध्यानाकर्षण भएको काउन्सिलले जारी गरेको विज्ञप्ति उल्लेख छ ।

Facebook Notice for EU! You need to login to view and post FB Comments!

About The Author

Leave a Reply

Your email address will not be published. Required fields are marked *