July 12, 2026

सल्यान, ८ साउन । 
सल्यानमा नाबालक छोरा सहित माइतमा आएकी एक महिलालाई सामूहिक बलात्कार भएको छ । महिलालाई मध्यरातमा बलत्कार गर्ने दुई जनालाई प्रहरीले पक्राउ गरेको छ भने अर्का एक जना फरार छन् । 

बलत्कारको आरोपमा बनगाड कुपिण्डे नगरपालिका, १ देवस्थल बस्ने वर्ष २१ को वसन्त बुढा र जाजरकोटको जुनीचाँदे ८ घर भई हाल वनगाडको देवस्थल बस्ने वर्ष २४ को मान बहादुर रावतलाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय सल्यानका सूचना अधिकारी प्रहरी निरीक्षक रेशम बहादुर खत्रीले जानकारी दिनुभयो । 

बनगाड कुपिण्डे नगरपालिका वडा नं. १ बुरेली स्थित माइतीघरमा सुतेकी २३ वर्षीय महिलामाथि सामूहिक बलात्कार भएको हो । गत असार ३१ गते राति १२ बजेतिर तीन जना व्यक्तिहरु महिलाको माइतीघरमा जवरजस्ती प्रवेश गरेर घिसार्दै घरबाहिर बार्दलीमा ल्याएर बलात्कार गरेको सल्यान प्रहरीले जनाएको छ ।

जवर्जस्ती करणी गरेर फरार रहेका उनीहरुलाई पीडित महिलाले साउन १ गते जाहेरी दिएपछि जिल्ला अदालतबाट पक्राउ पुर्जी लिएर प्रहरीले खोजतलास गर्ने क्रममा साउन २ गते सल्लीबजार नजिकबाट पक्राउ गरेको थियो । अर्का एकजना फरार प्रतिवादीको पनि खोजी भइरहेको सल्यान प्रहरीले जनाएको छ ।

उनीहरुले घरभित्र सुतिरहेकी नावालक छोरा सहितकी महिलालाई जबरजस्ती तान्दै घिसार्दै कोठा बाहिर बार्दलीमा ल्याएर संवेदनशील अंगमा समात्दै बलात्कार गरेको तथा प्रतिवादी मध्येको एक जनाले फेरि महिलालाई बार्दलीबाट घिसार्दै ३० फिट पर शौचालय नजिकै लगेर बलात्कार गरेको प्रहरीले जनाएको छ ।

Facebook Notice for EU! You need to login to view and post FB Comments!

About The Author

Leave a Reply

Your email address will not be published. Required fields are marked *