July 12, 2026

तुल्सीपुर कात्तिक २०

प्रेस सेन्टर नेपाल तुलसीपुरका अध्यक्ष टेकराज भण्डारीले सामाजिक सञ्जालमार्फत बजार अनुगमनको नाममा भइरहेको ‘प्रदर्शनमुखी अभियान’को कडा आलोचना गरेका छन्।

तुल्सीपुरमा अहिले चलिरहेको ‘बजार अनुगमन’ भन्ने नामको गतिविधि सुधारका लागि भन्दा पनि प्रदर्शनका लागि बढी देखिन थालेको छ।
यदि व्यवसायीहरूबाट केही कमी–कमजोरी भएको छ भने,
उनीहरूलाई कार्यालयमा बोलाएर सल्लाह, सुझाव र सहयोग गर्दै कानुनी प्रक्रियामा ल्याउनु नै जिम्मेवार व्यवहार हो।

तर यहाँ त उल्टो चलन सुरु भएको छ आफू निकटका
युट्युबरहरू पत्रकार लाई पछि लगाएर, क्यामेरा अगाडि व्यवसायीहरूलाई उभ्याउने,
र सार्वजनिक रूपमा बदनाम गर्ने प्रवृत्ति बढ्दै गएको छ।
यो कार्य सुधार होइन, निराशा फैलाउने र स्थानीय व्यवसायीहरूलाई कमजोर पार्ने प्रयास हो।

व्यवसायीहरू देशको अर्थतन्त्रका मेरुदण्ड हुन्।
उनीहरूलाई अपमान होइन, आदर र सहयोग चाहिन्छ।
नगरपालिकाको भूमिका सहयोग, सचेतना र सहजीकरण हो नाटक र प्रचारबाजी होइन।

साँचो अनुगमन भनेको डर देखाउने होइन, सुधार र प्रोत्साहन ल्याउने हो

हामीले व्यवसायीहरूलाई हतोत्साहित होइन, उत्साहित पार्ने वातावरण सिर्जना गर्नुपर्छ।

त्यसैले, नगरप्रमुखज्यूले यो प्रवृत्ति तत्काल रोक्न जरुरी छ।
अनुगमनको नाममा आफ्नो प्रचार गर्ने र युट्युबरहरूलाई पछि लगाएर व्यवसायीलाई सिध्याउने यस्तो अभ्यास अस्वीकार्य छ।
शहर विकास तब सम्भव हुन्छ, जब व्यवसाय, विश्वास र व्यवहार सन्तुलित हुन्छन्।

About The Author

Leave a Reply

Your email address will not be published. Required fields are marked *