Oplus_131072
काठमाडौं | हाम्रातुलसीपुर डट कम संवाददाता
सोलुखुम्बुको लुबुचे क्षेत्रमा आज बिहान अल्टिच्युट एयरको हेलिकोप्टर दुर्घटना भएको छ।
सोलुखुम्बुकी प्रमुख जिल्ला अधिकारी लीलाकुमारी केसी पाण्डेका अनुसार, हेलिकोप्टर ल्याण्ड गर्ने क्रममा चिप्लिएर दुर्घटनाग्रस्त भएको हो।

उहाँले बताउनुभयो कि दुर्घटनाग्रस्त हेलिकोप्टरमा यात्रु थिएनन्।
पाइलटको अवस्था सामान्य रहेको र उहाँलाई सुरक्षित रूपमा उद्धार गरिएको जानकारी दिनुभयो।
दुर्घटना भएको हेलिकोप्टर काठमाडौंबाट उद्धारका लागि गएको थियो।
दुर्घटनाबारे थप विवरण संकलन भइरहेको जिल्ला प्रशासन कार्यालय, सोलुखुम्बुले जनाएको छ।
