July 12, 2026

Oplus_131072

ज्ञान ज्योति विद्यालयमा नव विद्यार्थीलाई स्वागत

दाङ, २१ भदौ।
ज्ञान ज्योति एजुकेशन फाउण्डेशनद्वारा सञ्चालित ज्ञान ज्योति माध्यमिक विद्यालयमा कक्षा ११ का नव विद्यार्थीलाई विशेष कार्यक्रममार्फत स्वागत गरिएको छ। कक्षा १२ का विद्यार्थीहरूको आयोजनामा गरिएको कार्यक्रममा गायक निशान भट्टराईले आफ्ना लोकप्रिय गीत “भिजिट भिसामा”, “के माया लाग्छ र ?” लगायत प्रस्तुत गर्दा विद्यार्थीहरू छमछमी नाचेका थिए। साथै, विद्यार्थीहरूले विभिन्न संस्कृतिझल्किने नृत्य प्रस्तुति पनि दिएका थिए।

कार्यक्रममा प्रमुख अतिथि राष्ट्रिय परीक्षा बोर्ड, घोराहीका प्रमुख कमलप्रसाद आर्याल, विशिष्ट अतिथि तुलसीपुर उपमहानगरपालिका–६ का अध्यक्ष दुजमान भण्डारी, शिक्षा महाशाखा अधिकृत मनबहादुर खड्का, नेपाल पत्रकार महासंघ दाङका उपाध्यक्ष ओपेन्द्र बस्नेतलगायतले मन्तव्य व्यक्त गरे। वक्ताहरूले अनुशासित जीवनले भविष्य उज्ज्वल बनाउन मद्दत गर्नेमा जोड दिए।

ज्ञान ज्योति एजुकेशन फाउण्डेशनका सिइओ सुरेन्द्र जिसीले विद्यार्थीको आत्मविश्वास र आपसी आत्मीयता बढाउन नियमित रूपमा यस्ता कार्यक्रम आयोजना गर्ने जानकारी दिनुभयो।

कार्यक्रमको सञ्चालन शिक्षक सोमराज बस्नेत र सन्तोष केसीले संयुक्त रूपमा गरेका थिए। विद्यालयका अनुसार यस वर्ष मात्र कक्षा ११ मा तीन हजार पाँच सयभन्दा बढी विद्यार्थी भर्ना भएका छन्।

Facebook Notice for EU! You need to login to view and post FB Comments!

About The Author

Leave a Reply

Your email address will not be published. Required fields are marked *